
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । अखिल (क्रान्तिकारी) को चौथो पूर्ण बैठकको निर्णयअनुसार पौष २० गतेदेखि सञ्चालनमा ल्याइएको विद्यार्थी जागरण अभियान आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–स्थित चामुण्डा माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्दै अभियानको शुभारम्भ गरिएको हो । सामाजिक उत्तरदायित्व र विद्यार्थी सचेतनालाई केन्द्रमा राखी आयोजना गरिएको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय नेतृत्व, विभिन्न तहका विद्यार्थी नेताहरू तथा सम्बद्ध संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष क. विरेन्द्र शाहले विद्यमान शैक्षिक समस्याको समाधान गर्दै हरेक युवा–विद्यार्थीले स्वदेशमै भविष्य र सम्भावना देख्न सक्ने अवस्था निर्माण गर्नु अभियानको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले शिक्षा, रोजगार र समग्र भविष्यसँग सम्बन्धित मुद्दाहरूका विरुद्ध विद्यार्थीहरू एकताबद्ध, संगठित र संघर्षशील रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अभियानमा सक्रिय सहभागिताका लागि सम्पूर्ण विद्यार्थी समुदायलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराम आचार्यले अखिल (क्रान्तिकारी) द्वारा आयोजित रक्तदान कार्यक्रमको सराहना गर्दै सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व वहन गर्ने यस्ता रचनात्मक तथा सिर्जनशील गतिविधिहरू सबै संगठनहरूले निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष क. विरेन्द्र शाह, उपाध्यक्ष क. रुपा बुढा मगर, महासचिव क. उषा किरण आजाद, सचिवहरू क. गोबिन्द बिष्ट, क. डि.बी. शाही र क. हरि बिष्टलगायत विभिन्न तहका विद्यार्थी नेताहरूले रक्तदान कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । साथै नेकपा (बहुमत) तथा क्रान्तिकारी युवा संगठनका नेताहरूको समेत उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) ले रचनात्मक तथा सिर्जनशील गतिविधिमार्फत विद्यार्थीहरूलाई सचेत, संगठित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यसहित विद्यार्थी जागरण अभियानलाई देशभर तीव्र रूपमा सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया