News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

रुकुम पश्चिममा अखिल (क्रान्तिकारी) को २१ सदस्यीय विद्यार्थी समिति गठन

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ५ नम्बर ब्यूरो अन्तर्गत जनसंविधानका लागि जनसंघर्ष कार्यक्रमअनुसार सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियानसँगै अखिल (क्रान्तिकारी) को संयुक्त विद्यार्थी जागरण अभियान रुकुम पश्चिममा निरन्तर जारी रहेको छ । सोही अभियानअन्तर्गत विद्यार्थी संगठन विस्तार गर्ने उद्देश्यले अखिल (क्रान्तिकारी) ले मुसिकोट नगरपालिका–खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा २१ सदस्यीय विद्यार्थी समिति गठन गरेको छ । निशुल्क शिक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा तथा भ्रष्टाचारको अन्त्य भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियान अन्तर्गत सम्पन्न भेलाले जनक पुन मगरको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य सोम्पाल कामीले वर्तमान शिक्षा प्रणाली निजीकरण र व्यापारीकरणतर्फ उन्मुख भएको भन्दै त्यसका कारण श्रमजीवी, गरिब तथा उत्पीडित वर्गका विद्यार्थीहरू शिक्षा पहुँचबाट वञ्चित हुँदै गएको बताए । उनले शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार, विभेद र अन्यायको अन्त्यका लागि विद्यार्थीहरू संगठित भई संघर्षमा उत्रिनुपर्ने आवश्यकता औँल्याए । उनले जनसंविधानमार्फत मात्रै राष्ट्रिय स्वाधीनता, समानता र सामाजिक न्याय सुनिश्चित हुन सक्ने उल्लेख गर्दै त्यसका लागि विद्यार्थी वर्ग अग्रपंक्तिमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ट्रेन्डिङ