
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । भेनेजुएलामाथि गरिएको अमेरिकी साम्राज्यवादी सैन्य आक्रमणको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । संयुक्त संघर्ष समितिद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महासचिव बास्तोलाले ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन, फासिवादी शासक हिट्लर र मुसोलिनीको नाममा पुरस्कार दिनुपर्ने टिप्पणी गरे । उनले एक सार्वभौम राष्ट्र भेनेजुएलामाथि सैन्य हस्तक्षेप गरेर ट्रम्प प्रशासनले आफ्नो वास्तविक साम्राज्यवादी चरित्र उदाङ्गो बनाएको आरोप लगाए ।
बास्तोलाले भेनेजुएलामाथि गरिएको अमेरिकी आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दै यथाशीघ्र राष्ट्रपति निकोलस मादुरो दम्पतीको रिहाइको माग समेत गरे। उनले अमेरिकी हस्तक्षेपविरुद्ध सम्पूर्ण विश्व एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए । विरोध सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा (जनपक्ष) का नेता बसन्त, नेकपाका महासचिव लोकनारायण सुवेदी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
नेपालका ६ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीसम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले आयोजना गरेको उक्त प्रदर्शनमार्फत अमेरिकी साम्राज्यवादले भेनेजुएलाजस्ता सार्वभौम मुलुकमाथि गरेको हस्तक्षेप, सैन्य आक्रमण र दबाबको विरोध गर्दै विश्वका उत्पीडित राष्ट्रहरूसँग ऐक्यबद्धता जनाइएको आयोजकले जनाएको छ । संघर्ष समितिका अनुसार विश्व साम्राज्यवादविरुद्ध एकजुट भएर प्रतिरोध निर्माण गर्ने उद्देश्यले यस्ता आन्दोलनहरूलाई निरन्तरता दिइने नेकपा (बहुमत) का नेता दीपक चलाउनेले जानकारी दिए ।
प्रतिक्रिया