News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति विशेष न्यूज समाचार

ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला

काठमाडौँ । भेनेजुएलामाथि गरिएको अमेरिकी साम्राज्यवादी सैन्य आक्रमणको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । संयुक्त संघर्ष समितिद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महासचिव बास्तोलाले ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन, फासिवादी शासक हिट्लर र मुसोलिनीको नाममा पुरस्कार दिनुपर्ने टिप्पणी गरे । उनले एक सार्वभौम राष्ट्र भेनेजुएलामाथि सैन्य हस्तक्षेप गरेर ट्रम्प प्रशासनले आफ्नो वास्तविक साम्राज्यवादी चरित्र उदाङ्गो बनाएको आरोप लगाए ।
बास्तोलाले भेनेजुएलामाथि गरिएको अमेरिकी आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दै यथाशीघ्र राष्ट्रपति निकोलस मादुरो दम्पतीको रिहाइको माग समेत गरे। उनले अमेरिकी हस्तक्षेपविरुद्ध सम्पूर्ण विश्व एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए । विरोध सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा (जनपक्ष) का नेता बसन्त, नेकपाका महासचिव लोकनारायण सुवेदी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
नेपालका ६ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीसम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले आयोजना गरेको उक्त प्रदर्शनमार्फत अमेरिकी साम्राज्यवादले भेनेजुएलाजस्ता सार्वभौम मुलुकमाथि गरेको हस्तक्षेप, सैन्य आक्रमण र दबाबको विरोध गर्दै विश्वका उत्पीडित राष्ट्रहरूसँग ऐक्यबद्धता जनाइएको आयोजकले जनाएको छ । संघर्ष समितिका अनुसार विश्व साम्राज्यवादविरुद्ध एकजुट भएर प्रतिरोध निर्माण गर्ने उद्देश्यले यस्ता आन्दोलनहरूलाई निरन्तरता दिइने नेकपा (बहुमत) का नेता दीपक चलाउनेले जानकारी दिए ।

प्रतिक्रिया

ट्रेन्डिङ