
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
(यो अप्रकाशित लेख पाका हनुमन्तु (गणेश विकी) को मृत्यु पछि भेटिएको हो । उनी २५ डिसेम्बर, २०२५ मा ओडिशाको कन्धमाल वन क्षेत्रमा प्रहरीद्वारा मारिएका माओवादी केन्द्रीय नेता हुन् । भनिन्छ, सन् २०२२ सेप्टेम्बरमा बाबुको मृत्युको खबर पाएपछि उनले यो लेख लेखेका थिए । पछि उनकी आमा पनि गरिबी, रोग र बुढ्यौलीका बीच बितिन् । छोरा जीवित रहँदा यो पत्र आमासम्म पुगेको थियो कि थिएन, थाहा छैन । एक प्रमुख दैनिक पत्रिकाले उनको मृत्युको समयमा पनि यो प्रकाशित गर्न अस्वीकार गरे पनि, पाठकसम्म पुग्नैपर्छ भन्ने सोचले……………….. — लाल समाचार)
प्रिय आमा,
यस्तो दुःखद घडी यसरी आउनेछ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । पत्रिकामा देखेँ—२०२२ सेप्टेम्बर ३० तारिख, ९० वर्षको उमेरमा बाबा हामीलाई छाडेर जानु भएछ । म जब क्रान्तिको बाटोमा पाइला चाल्दै तिमीहरूलाई छोडेर गएको थिएँ, आज बाबाको मृत्युको खबरले झन्डै चार दशकअघिका सबै सम्झनाहरू फेरि मेरो मनमा जीवित बनाइदिएको छ । तिमी, बाबा, परिवारका सबै सदस्यहरू र गाउँलेहरूसँग बिताएका दिनहरू आँखाअगाडि आइरहेका छन् । क्रान्तिमा सामेल हुनु अघि तिमीहरू सबैले दिएको माया र स्नेहले नै मलाई यो बाटो हिँड्ने शक्ति दिएको हो। आज पछाडि फर्केर हेर्दा तिमीहरूप्रतिको मेरो सम्मान झन् गहिरो भएको महसुस गर्छु ।
विशेष गरी मेरा बाबा । उनले मेरो लागि, मेरा दाजुभाइ–दिदीबहिनीहरूको लागि, हाम्रो परिवारको लागि अथक परिश्रम गर्नुभयो । यस देशका साधारण जनताको जीवन यस्तै हुन्छ—जिम्मेवारी, माया र पसिनाले भरिएको ।
मेरो बाल्यकालका दिनहरू आज पनि अत्यन्त उज्याला छन् । हजुरबा पुल्लैय्या र हजुरआमा पेद्दाम्माको काखमा खेलेका दिनहरू, बाबासँग खेतमा काम गरेको—माटो खन्ने, जोत्ने, बीउ छर्ने, बाली भित्र्याउने । उनले जति नै दुःख गरे पनि, सबै हाम्रो लागि थियो। तिमीहरू दुवैले हामीलाई गरिबीका बीच हुर्काउन कति ऋण गर्नुपर्यो, कति दुःख सहनुपर्यो । यति परिश्रमपछि पनि कहिलेकाहीँ हाम्रो परिवार भोकै बस्नुपरेका दिनहरू आएका थिए । ती दिनहरू म कहिल्यै बिर्सन सक्दिनँ । यस देशमा हाम्रो जस्तै लाखौँ परिवार छन् । तिमीले आफैँ नखाई हामीलाई खुवाएको कुरा म जीवनभर सम्झिरहनेछु । जीवनका विभिन्न अनुभवहरूले मलाई सिकाएको छ—सबै बाबाआमाहरू यस्तै हुन्छन् । सन्तानप्रतिको तिमीहरूको आशा असीम थियो। सायद व्यक्तिगत जीवनप्रतिको त्यो आशा नै आज सम्पूर्ण मानवता र देशको इतिहासप्रतिको मेरो आशामा रूपान्तरण भएको हो। त्यसैले बाल्यकालमा तिमीहरूले सिकाएका कुरा म कहिल्यै बिर्सन सक्दिनँ ।
परिवारको जेठो छोरो भएर तिमीले दिएको अथाह माया, स्नेह र विश्वासले मलाई सधैँ क्रान्तिकारी बाटोतर्फ डोर्यायो । त्यतिबेला हाम्रो गाउँबाट नलगोंडा सहर पढ्न जान बसभाडासमेत मसँग थिएन । तिमीले दिएको पैसाले एक दिनको राशन किनेर दुई दिन चलाउँदै म हिँडेको थिएँ । तिमीहरू सबैले सोच्नु भएको थियो—म अझ पढेर परिवारको जिम्मा सम्हाल्नेछु । तर मैले रोजेँ—क्रान्तिको बाटो । पछि जब तिमीले बुझ्यौ कि मैले जिम्मेवारीबाट भागेको होइन, बरु सही बाटो रोजेको हुँ, त्यो बुझाइले मलाई अत्यन्त खुशी बनायो ।
विद्यालयमा पढ्दाखेरि हजुरबा पुल्लैय्याले मलाई १९४० को दशकमा नलगोंडा जिल्लामा भएको सशस्त्र किसान सङ्घर्षका कथाहरू सुनाउनुहुन्थ्यो । निजामको पुलिस, रजाकारहरूको अत्याचार, नेहरू–पटेलको नेतृत्वमा भारतीय सेनाले कम्युनिस्ट गुरिल्लामाथि गरेको दमन—सबै कुरा । गरिबका घर जलाइएको, लुटपाट, महिलामाथि गरिएको अत्याचारका पीडादायी कथाहरूले मेरो मनमा गहिरो छाप छोडेको थियो ।
ठूलो हुँदै जाँदा मैले थाहा पाएँ—हाम्रो गाउँमै पनि हजुरबाजस्तै धेरै वृद्धहरू थिए, जो तेलंगानाको सशस्त्र किसान आन्दोलनमा सहभागी भएका थिए । नक्सलबाडी र श्रीकाकुलमका योद्धाहरूले पनि त्यही क्रान्तिकारी उत्तराधिकार बोकेर हिँडिरहेका छन् । हजुरबाले आफ्ना अनुभवमार्फत मेरो मनमा अमिट छाप छोड्नुभयो ।
उहाँका कुराहरूले मलाई युवावस्थामा समाजको शोषण र विभेदबारे गहिरो सोच्न सिकायो । क्रान्तिकारी राजनीतितर्फ आकर्षित हुँदै म प्रगतिशील विद्यार्थी युनियनको सदस्य बनेँ र जिल्ला कमिटीमा काम गर्न थालेँ । सन् १९८१ मा कलेजको डिग्री अधुरै छोडेर म क्रान्तिकारी आन्दोलनमा सामेल भएँ । उद्देश्य एउटै थियो—हाम्रो जस्ता करोडौँ गरिब किसान, तिमीहरूजस्ता बाबाआमा, सम्पूर्ण जनतालाई शोषण र उत्पीडनबाट मुक्त गर्नु, महिलालाई पितृसत्ताको जाँतोबाट निकाल्नु । तिमी र बाबाले सिकाएको इमानदारी, परिश्रम र सङ्घर्षको मूल्य आज पनि मेरो बाटो देखाउने दियो हो । गर्वका साथ भन्न सक्छु—तिमीले दिएको नैतिक शिक्षाले आज मभित्र सामाजिक जिम्मेवारी, क्रान्तिकारी आदर्श र आचरणको रूप लिएको छ । स्वार्थरहित जीवन बाँच्ने दर्शनले मेरो क्रान्तिकारी यात्रालाई निरन्तर बलियो बनाइरहेको छ ।
यी चालीस वर्षमा प्रहरी बलले धेरैपटक हाम्रो घरमा छापा मारेको छ र तिमीहरूलाई दुःख दिएको छ । विशेष गरी चण्डुर प्रहरी चौकीमा बाबालाई लगेर मेरो खोजीमा अपमान र यातना दिइयो । आत्मसमर्पण गराउन पत्रिकामार्फत दबाब दिन पनि बाबालाई पटक–पटक हैरान पारियो । तर बाबाले कहिल्यै टाउको झुकाउनु भएन । कुनै कुरामा स्पष्ट विश्वास छ भने, जति दुःख आए पनि त्यसका लागि उभिनुपर्छ—यो मूल्य उहाँले आफ्नो जीवनबाटै अभ्यास गर्नुभयो । मेरो कारण उहाँले भोग्नुपरेको यातना सहँदै पनि उहाँ अडिग रहनुभयो। मलाई थाहा पाउँदा अत्यन्त भावुक बनायो—उहाँ गर्वका साथ भन्नुहुन्थ्यो, श्रमिक, किसान, दलित र महिलामुक्तिका लागि उहाँको छोरो क्रान्तिकारी रूपमा काम गरिरहेको छ, यही उहाँका लागि गौरव हो। यस देशमा तिमीहरूजस्तै हजारौँ बाबाआमा छन् । देशभरि फैलिएको क्रान्तिकारी आन्दोलनको पछाडि यस्ता बाबाआमाको आकांक्षाको पनि ठूलो हिस्सा छ । म विश्वस्त छु—बाबाले अन्तिम सास छोड्दा पनि यही सोच मनमा राख्नुभएको थियो ।
आज धेरै क्रान्तिकारीहरू आफ्ना प्रिय बाबाआमा, दाजुभाइ–दिदीबहिनीहरूलाई सम्झन मात्र सक्छन्, भेट्न सक्दैनन् । यही शोषणकारी राज्यले यस्तो प्रतिबन्ध थोपरेको छ । क्रान्तिकारीहरूलाई मार्न यस राज्यले टाउकोको मूल्य तोक्न पनि हिच्किचाएको छैन, हाम्रा हतियारसम्मका लागि इनाम घोषणा गरेको छ । विभिन्न षड्यन्त्र र कुटिल चालमार्फत देशभरि ‘अल–आउट वार’ चलाइँदैछ । बिहार–झारखण्डदेखि दण्डकारण्य, ओडिशा र तेलंगानासम्म झन्डै सात लाख प्रहरी, कमाण्डो र अर्धसैनिक बल परिचालन गरी ‘अपरेसन समाधान’ नाममा व्यापक दमन अभियान चलाइएको छ । सन् २०२२ भित्रै क्रान्तिकारी आन्दोलनलाई समाप्त पार्ने लक्ष्य थियो ।
सहर क्षेत्रमा लोकतान्त्रिक, प्रगतिशील र क्रान्तिकारी सङ्गठनका नेता–कार्यकर्ता र बुद्धिजीवीहरूमाथि मोदी सरकारको दमन निरन्तर जारी छ । तेलंगाना सरकारसहित विभिन्न राज्य सरकारहरूले केन्द्रसँग हात मिलाएर ‘अर्बन नक्सल’ को नाममा मानिसहरूलाई पक्राउ गरिरहेका छन् । देशी–विदेशी कर्पोरेट लुटेरा नीतिविरुद्ध लडिरहेका आदिवासी जनतामाथि अर्धसैनिक बल र प्रहरी कमाण्डोहरूले युद्ध छेडेका छन् । ड्रोनमार्फत बम वर्षा भइरहेको छ । यस फासिवादी दमनका कारण आफ्नै मानिसको मृत्युमा पनि हामी तिमीहरूकहाँ आउन सक्दैनौँ ।
जब कुनै क्रान्तिकारी शहीद हुन्छन् वा उनका परिवारका सदस्य बित्छन्, तब आम जनता र जनसङ्गठनका सदस्यहरू भेला भएर अन्तिम श्रद्धाञ्जली दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । बाबालाई पनि त्यसैगरी सम्मानपूर्वक अन्तिम विदाइ दिइएको सुनेर म अत्यन्त खुशी भएँ। ती सबैलाई मेरो क्रान्तिकारी अभिवादन ।
तिम्रो छोरो,
पी. हनुमन्तु
केन्द्रीय कमिटी सदस्य
१५ नोभेम्बर २०२२



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया