News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप

जाजरकोट । जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र शाही विरुद्ध विभिन्न गम्भीर आरोप लगाउँदै कन्क्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले ब्यानर टाँसेर सांकेतिक कारबाही गरेको जनाएको छ । संगठनद्वारा सार्वजनिक गरिएको ब्यानरमा उपाध्यक्ष शाहीले गाउँपालिकाका कर्मचारीहरूमाथि शारीरिक तथा मानसिक दुर्व्यवहार गर्ने, रिसानीका आधारमा कर्मचारीलाई कुटपिट गर्ने जस्ता कार्य गर्दै आएको आरोप लगाइएको छ । साथै, सिफारिस लिएर आएका तथा स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेत दुर्व्यवहार गरिएको दाबी गरिएको छ । विज्ञप्तिमा उपाध्यक्ष शाहीले जातीय विभेद गर्दै वडा अध्यक्षलगायत जनप्रतिनिधिलाई अपमानजनक शब्द प्रयोग गर्ने, कार्यकक्षमै दुर्व्यवहार गर्ने र बैठक तथा कार्यालय समयमै मदिरा सेवन गरी कर्मचारीहरूमाथि गालीगलौज गर्ने गरेको आरोप उल्लेख छ ।
त्यस्तै, गाउँपालिकामा प्रायः अनुपस्थित रहने, उपस्थित हुँदा समेत मदिरा सेवन गरी कार्यालयको वातावरण बिगार्ने तथा नकारात्मक गतिविधिमा संलग्न रहने गरेको आरोप संगठनले लगाएको छ । कन्क्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले उपाध्यक्ष शाहीका यस्ता गतिविधि जनप्रतिनिधिको मर्यादा विपरीत रहेको जनाउँदै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । संगठनले उनीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ