
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ — केन्द्रीय संयुक्त संघर्ष समितिले यथास्थितिमा गरिने आगामी फागुन २१ को निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । जनताको वास्तविक प्रतिनिधित्व गर्ने स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी गरिने कुनै पनि निर्वाचन देश र जनताको हितमा नहुने समितिको ठहर छ । समितिले भदौ २३ र २४ मा भएको ‘जेन जी विद्रोह’ पछि नेपालको राजनीतिक परिस्थितिमा नयाँ मोड आएको दाबी गर्दै त्यस विद्रोहको मूल कारण २०६२ मंसिरमा दिल्लीमा भएको १२ बुँदे सम्झौतापछि स्थापित वर्तमान राजनीतिक व्यवस्थाले जनजीविका, लोकतन्त्र र राष्ट्रियताका समस्या समाधान गर्न नसक्नु रहेको जनाएको छ । विज्ञप्तिमा कांग्रेस, एमाले र तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू दलाल तथा नोकरशाही पुँजीपति वर्गमा रूपान्तरण भएको र त्यसको परिणाम स्वरूप २०६३ देखि हालसम्म सत्ता सञ्चालन गरेका दलहरूप्रति जनआक्रोश विस्फोट भएको उल्लेख गरिएको छ । जेन जी विद्रोहले नयाँ अग्रगामी राजनीतिक व्यवस्थाप्रतिको जनआकांक्षा अभिव्यक्त गरेको समितिको निष्कर्ष छ ।
केन्द्रीय संयुक्त संघर्ष समितिले वर्तमान प्रधानमन्त्री, राष्ट्रपति तथा अमेरिकी साम्राज्यवाद र भारतीय प्रतिक्रियावादी शासक वर्गले जनविद्रोहबाट उठेका मागहरूलाई अपहरण गर्दै पुरानै जनविरोधी अर्थ–राजनीतिक प्रणालीलाई निर्वाचनमार्फत पुनःस्थापित गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । यस्तो प्रयास सफल भए राष्ट्रियता समेत खतरामा पर्न सक्ने चेतावनी दिइएको छ । समितिले यथास्थितिको चुनावी प्रणालीमा करोडौँ खर्च गर्नुपर्ने भएकाले मजदुर, किसान र मध्यम वर्गको प्रतिनिधित्व असम्भव रहेको उल्लेख गर्दै संसदीय चुनावमार्फत जनताको पक्षमा संविधान र सरकार निर्माण गर्न नसकिने दाबी गरेको छ । यथास्थितिको निर्वाचनबाट नयाँ अनुहारका दलाल पुँजीपति सत्तामा पुग्न सक्ने भए पनि जनताको वास्तविक प्रतिनिधित्व हुने सरकार बन्न नसक्ने समितिको भनाइ छ ।
विज्ञप्तिमा विदेशमा रहेका नेपालीको मताधिकार, मजदुर–किसान र बेरोजगारका समस्या, मिटरब्याज तथा सहकारी पीडित, सुकुम्बासी, निशुल्क शिक्षा र स्वास्थ्य, राष्ट्रिय औद्योगिकरण, सुरक्षाकर्मी तथा बहिर्गमित जनमुक्ति सेनाका समस्या समाधान नगरी निर्वाचन गरिनु जनविरोधी कदम हुने उल्लेख छ । केन्द्रीय संयुक्त संघर्ष समितिले अग्रगामी न्यूनतम राष्ट्रिय सहमति कायम गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधान निर्माणका लागि संवाद सुरु गर्न सरकारलाई अपिल गरेको छ। यदि सरकारले यथास्थितिमा निर्वाचन गराउने निर्णयबाट पछि नहटे त्यसलाई बहिष्कार तथा खारेज गर्न आम नेपाली जनतामा आह्वान गरिएको छ ।
समितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा तथा समाजवादी कम्युनिस्ट पार्टी नेपाल आबद्ध रहेका छन् ।
प्रतिक्रिया