
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं, माघ १९ — अखिल (क्रान्तिकारी) ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएका कलेजहरूले जारी गरेका अवैधानिक शैक्षिक प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले समकक्षता दिँदै आएको विषयप्रति गम्भीर आपत्ति जनाउँदै पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ । सोमबार संगठनका प्रतिनिधिले पाठ्यक्रम विकास केन्द्रका निर्देशकलाई ज्ञापनपत्र बुझाउँदै आधारभूत शैक्षिक मापदण्डसमेत पूरा नगरेका कलेजहरूले जारी गरेका प्रमाणपत्रलाई समकक्षता दिनु शैक्षिक माफियाको ठगीलाई वैधानिकता दिनु सरह भएको आरोप लगाएका छन् । ज्ञापनपत्रमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएका कलेजहरूले सञ्चालन गरेका कार्यक्रमहरू त्रिविका पाठ्यक्रमसँग अधिकतम रूपमा नमिल्ने, पाठ्यभार तथा अध्ययन अवधि नपुगेको, न्यूनतम प्रवेश योग्यता पूरा नभएको, साथै ट्रान्सक्रिप्टमा परीक्षा मिति, क्रेडिट ट्रान्सफर तथा ल्याटरल इन्ट्रीसम्बन्धी स्पष्ट विवरण नखुलाइएकै अवस्थामा समकक्षता प्रदान गरिएको उल्लेख गरिएको छ । अखिल (क्रान्तिकारी) का अनुसार नेपालमा डिग्रीको मान्यता र समकक्षता प्रदान गर्ने केन्द्रीय अधिकार त्रिभुवन विश्वविद्यालयसँग रहे पनि गैरकानुनी र अपारदर्शी ढंगले दिइँदै आएको समकक्षताले स्वयं विश्वविद्यालयलाई नै शंकाको घेरामा पारेको छ । संगठनले हचुवाको भरमा वा विशेष स्वार्थका कारण समकक्षता दिइएको आशंका समेत व्यक्त गरेको छ ।
ज्ञापनपत्रमा त्तब्ब् प्राप्त नगरेका तथा आधारभूत शैक्षिक मापदण्ड पूरा नगरेका कलेजहरूले जारी गरेका प्रमाणपत्रलाई तत्काल समकक्षता दिन बन्द गर्न माग गरिएको छ । साथै, नेपालबाहिर सञ्चालित यस्ता कलेजहरूको प्रमाणपत्रलाई समकक्षता दिने प्रक्रियामा समेत कडा मापदण्ड लागू गर्न त्रिविलाई आग्रह गरिएको छ । संगठनका विश्वविद्यालय विशेष प्रदेश समिति संयोजक विरेन्द्र नेपालीले हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील विषयमा त्रिभुवन विश्वविद्यालयले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। मागहरू बेवास्ता गरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत उनले दिएका छन् । अखिल (क्रान्तिकारी) ले शैक्षिक क्षेत्रमा मौलाउँदै गएको ठगी, अनियमितता र व्यापारीकरणविरुद्ध संघर्ष निरन्तर जारी रहने जनाएको छ ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया