
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न संसदीय चुनाव बहिष्कारका कार्यक्रमलाई थप तीव्र बनाउने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकपछि जारी गरिएको प्रेस वक्तव्यअनुसार केन्द्रीय समितिको चौथो बैठकले तय गरेका राजनीतिक, संगठनात्मक तथा संघर्षका कार्यक्रम देशभर उत्साहजनक रूपमा अघि बढिरहेको बताइएको छ । वक्तव्यमा छ वटा कम्युनिस्ट पार्टी आबद्ध संयुक्त संघर्ष समितिले तय गरेका कार्यक्रमहरूमा पार्टीको सक्रिय सहभागिता रहेको उल्लेख गरिएको छ । यस क्रममा पुष २५ गते घोषणा सभा, २८ गते मशाल जुलुस, माघ २९ गते उपत्यका बन्द, माघ २१ गते अन्तरक्रिया तथा माघ ५ गते जिल्लाव्यापी जनप्रदर्शन सम्पन्न भइसकेका छन् । ती कार्यक्रमहरूमा जनताको सक्रिय सहयोग र समर्थन प्राप्त भएको भन्दै पार्टीले आभार व्यक्त गरेको छ । संयुक्त संघर्ष समितिमा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य कमरेड पूर्ण बहादुर बुढालाई शान्तिपूर्ण रूपमा चुनाव बहिष्कार कार्यक्रम सञ्चालन गरेकै क्रममा पक्राउ गरिएकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ । पार्टीले यसलाई दमनकारी र अलोकतान्त्रिक कार्यको संज्ञा दिँदै पक्राउ परेका नेता–कार्यकर्ताको अविलम्ब रिहाइको माग गरेको छ ।
वक्तव्यमा जनजी विद्रोह अपहरण गरिएको आरोप लगाउँदै वर्तमान राजनीतिक अवस्था अगमन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणमा असफल भएको उल्लेख गरिएको छ । पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्वाचनले देशका विद्यमान समस्या समाधान गर्न नसक्ने पार्टीको ठहर छ । नेकपा (बहुमत) ले विकासविहीन चुनाव स्थगित गरी स्वाधीन संयुक्त सरकार गठन र जनसंविधान निर्माणका लागि राष्ट्रिय सहमतिको कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । पार्टीले चुनाव बहिष्कारको कार्यक्रमलाई निरन्तर अघि बढाउने निर्णयसमेत सार्वजनिक गरेको छ । पार्टीका अनुसार संघर्षको दोस्रो चरण अन्तर्गत माघ २० गतेदेखि फागुन ४ गतेसम्म व्यापक घरदैलो कार्यक्रम र फागुन ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । नेपाल बन्द सफल पार्न आम जनसमुदाय तथा सम्पूर्ण मित्र शक्तिहरूलाई आह्वान गरिएको छ ।
प्रतिक्रिया