
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्लाको पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा जनसंविधानका लागि जनसंघर्षअन्तर्गत सञ्चालन भइरहेको सिस्ने–सुस्ता अभियानले जिल्लामा पारेको प्रभाव तथा आगामी फागुन २१ गते हुने भनिएको संसदीय चुनाव को विषयमा व्यापक समीक्षा गरिएको पार्टीले जनाएको छ ।
बैठकमा केन्द्रीय सदस्य तथा ५ नम्बर ब्युरो कार्यालय सचिव अमर को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी सजक ले गरेका थिए ।
बैठकमा धारणा राख्दै प्रमुख अतिथि अमरले फागुनमा हुने भनिएको कथित संसदीय चुनावले कुनै पनि हालतमा देशलाई निकास नदिने बताए । उनले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नभएको अवस्थामा पटक–पटक चुनाव गराएर कुनै अर्थ नरहने भन्दै आफ्नो पार्टीले उक्त चुनाव बहिष्कार गर्ने स्पष्ट घोषणा गरे ।
अमरले नेपाली श्रमिक जनता, मिटरब्याजी पीडित, लघुवित्त पीडित तथा सुकुम्बासीहरूलाई राज्यले न्याय दिन नसकेको आरोप लगाए । संसदीय दलहरूले ती वर्गलाई भोट बैंकका रूपमा मात्र दुरुपयोग गरिरहेको उनको भनाइ थियो । वर्तमान व्यवस्था र संविधानले नेपाली जनतालाई न्याय नदिई उल्टै वर्गीय, जातीय तथा धार्मिक विभेदलाई संरक्षण गर्दै सामन्ती–पूँजीवादी शक्तिहरूको हित रक्षा गरिरहेको उनले दाबी गरे ।
उनले वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीका लागि सक्रिय रूपमा काम गर्ने कार्यकर्ताहरूलाई उचित मूल्याङ्कनसहित पुरस्कार गरिने पनि बताए ।
बैठकमा जिल्ला पार्टी सेक्रेटरी सजकले पार्टी कार्यकर्ताहरूलाई संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा अझ सक्रिय हुन निर्देशन दिए । उनले जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत सञ्चालन गरिएको सिस्ने–सुस्ता अभियानले दाङ जिल्लामा सकारात्मक प्रभाव पारेको निष्कर्ष बैठकले निकालेको बताए ।
सजकका अनुसार आगामी दिनमा पार्टीले जनसंविधानको पक्षमा जनस्तरसम्म अभियानलाई थप विस्तार गर्दै पीडित वर्गको पक्षमा संघर्षलाई निरन्तरता दिने निर्णय गरेको बताए ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया