
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन ५ गते नेपाल बन्द चुनाव खारेजीका लागि आह्वान गरेको बताएको छ । पार्टीले संसदीय चुनाव स्थगित गर्नेदेखि स्वाधीन संयुक्त सरकार गठन र जनसंविधान निर्माणसम्मका माग अघि सारेको छ । पार्टीका अनुसार आसन्न फागुन २१ गतेका लागि घोषित संसदीय चुनाव स्थगित गर्नुपर्ने, सर्वदलीय राजनीतिक सम्मेलन गठन गर्नुपर्ने र स्वाधीन संयुक्त सरकार निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । जनसंविधान निर्माण गरी अघि बढ्ने तथा त्यसका लागि राष्ट्रिय एकता कायम गर्नुपर्ने पार्टीको माग छ । त्यस्तै, पार्टीले ‘साम्राज्यवादी डिजाइन’ अन्तर्गत हुन लागेको चुनाव खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र साम्राज्यवादी हस्तक्षेपको विरोध गर्नुपर्ने जनाएको छ । स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क गर्न, भ्रष्टाचार, महँगी र कालोबजारी अन्त्य गर्न पनि माग गरिएको छ ।
उद्योगधन्दा र कलकारखाना स्थापना गरी देशलाई आत्मनिर्भर बनाउने, २०४६ सालदेखि राज्य सञ्चालन गरेका नेता तथा उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्ने र दलीय पुँजीवादी राज्यव्यवस्था खारेज गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने जस्ता विषय पनि मागसूचीमा समेटिएका छन् । स्वास्थ्य र शिक्षामा भएको निजीकरण अन्त्य गर्न, सुकुम्बासी र भूमिहीन किसानलाई जमिनको व्यवस्था गर्न, भ्रष्ट नेता–नौकरशाहले विदेशमा जम्मा गरेको रकम फिर्ता गर्न र बैंक तथा वित्तीय संस्थामार्फत हडपिएको सम्पत्ति फिर्ता गरिनुपर्ने पार्टीको भनाइ छ । कृषिमा आधुनिकीकरण र औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको विकास गर्ने तथा सबैका लागि स्वास्थ्य बिमा ग्यारेन्टी गर्ने माग पनि गरिएको छ। साथै, विगत फागुन २३ र २४ गतेको जनआन्दोलनका मूल उद्देश्य पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । पार्टीले बन्दलाई सफल बनाउन सर्वसाधारण, मजदुर, किसान, विद्यार्थी तथा राष्ट्रप्रेमी नागरिकलाई अपिल गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया