
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन ५ गते आह्वान गरिएको नेपाल बन्द सफल भएको दाबी गर्दै आन्दोलनमा साथ र समर्थन जनाउने सम्पूर्ण जनसमुदायप्रति आभार व्यक्त गरेको छ । पार्टी केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा राष्ट्रिय स्वाधीनताको रक्षा, कथित संसदीय निर्वाचन खारेजी, स्वाधीन संयुक्त सरकार गठन तथा जनसंविधान निर्माणको बाटोमा अघि बढ्ने उद्देश्यसहित बन्द आह्वान गरिएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ कि मुलुकको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक संकटका बीच राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याहरू झन् जटिल बन्दै गएका छन् । यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्दै नयाँ राजनीतिक निकास खोज्नुपर्ने आवश्यकता औंल्याइएको छ । पार्टीले जनताका आधारभूत आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका सवालमा राज्य असफल भएको आरोपसमेत लगाएको छ ।
नेपाल बन्द सफल बनाउन सहयोग पुर्याउने मजदुर, किसान, शिक्षक, विद्यार्थी, व्यापारी, यातायात व्यवसायी, उद्योगी, पेशाकर्मी तथा उत्पीडित समुदायप्रति पार्टीले विशेष धन्यवाद ज्ञापन गरेको छ । साथै विभिन्न राजनीतिक शक्ति, देशभक्त र जनवादी अभियानहरूले दिएको नैतिक समर्थनले आन्दोलनलाई थप बल पुगेको वक्तव्यमा उल्लेख गरिएको छ । यसैबीच, पार्टीले आफ्ना केन्द्रीय सदस्य विनोद मरासिनीलाई बुटवल उपमहानगरपालिका–१४ स्थित निवासबाट फागुन ४ गते साँझ पक्राउ गरिएको जनाएको छ । त्यस्तै जिल्ला सदस्य शोभे थारुलाई कपिलवस्तु जिल्ला पिपरा क्षेत्रबाट र अर्का जिल्ला सदस्य पूर्ण तिवारीलाई सुर्खेत जिल्ला अन्तर्गत भेरीगंगा नगरपालिका–ठूलो जात्रिस्थित घरबाट पक्राउ गरिएको दाबी गरिएको छ ।
पार्टीले ती गिरफ्तारहरूलाई “राज्यद्वारा गरिएको दमनकारी कदम” को संज्ञा दिँदै राजनीतिक आस्थाका आधारमा गरिएको धरपकड अस्वीकार्य भएको जनाएको छ । बन्दका क्रममा नेताहरूलाई घरबाटै पक्राउ गरिएको उल्लेख गर्दै यसले लोकतान्त्रिक अधिकारमाथि प्रहार गरेको आरोप लगाइएको छ । सरकारले तत्काल सबै पक्राउ परेका नेता तथा कार्यकर्तालाई बिनाशर्त रिहा गर्न पार्टीले सरकारसँग माग गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया