
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित सम्झौता वा सैन्य कारबाहीबारे आगामी १० दिनभित्र स्पष्ट निर्णय हुने बताएका छन् । वाशिंगटन डीसीमा आयोजित ‘बोर्ड अफ पीस’ उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले इरानको परमाणु कार्यक्रमका विषयमा वार्ता जारी रहेको जानकारी दिए । उनले भने, “हामी सार्थक र प्रभावकारी सम्झौता चाहन्छौँ । यदि त्यो सम्भव भएन भने, परिणाम राम्रो नहुन सक्छ ।” हालका दिनमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । यसले सम्भावित तनाव र सैन्य कारबाहीको आशंकालाई थप बल दिएको विश्लेषकहरू बताउँछन् । यता स्विट्जरल्यान्डमा अमेरिकी र इरानी प्रतिनिधिबीच सकारात्मक संवाद भइरहेको दाबी गरिएको छ ।
तर अमेरिकी संसद्भित्र भने मतभेद देखिएको छ । डेमोक्रेटिक सांसदहरूका साथै केही रिपब्लिकन नेताहरूले संसद्को स्वीकृतिबिना इरानविरुद्ध कुनै पनि सैन्य कारबाही गर्न नहुने भन्दै चेतावनी दिएका छन् । आफ्नो सम्बोधनमा ट्रम्पले विशेष दूत स्टीभ विटकफ र आफ्ना ज्वाइँ ज्यारेड कुशनले इरानसँग सकारात्मक छलफल गरेको उल्लेख गरे । तथापि, इरानसँग “सार्थक र दिगो” सम्झौता गर्न सजिलो नभएको उनले स्वीकार गरे । अमेरिका–इरान सम्बन्ध विगत केही वर्षयता तनावपूर्ण रहँदै आएको छ। आगामी १० दिनभित्र ट्रम्प प्रशासनले लिने निर्णयले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया