
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै फागुन २१ गतेका लागि तोकिएको कथित संसदीय निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् । उनीहरूले सो निर्वाचनले देशलाई अग्रगमनको दिशामा नलैजाने दाबी गर्दै सहभागी नहुन अपिल गरेका हुन् । अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल तथा अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्षहरूको हस्ताक्षर रहेको वक्तव्यमा शैक्षिक क्षेत्रको आमूल रूपान्तरण, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, वैदेशिक हस्तक्षेपको अन्त्य तथा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफूहरू निरन्तर संघर्षरत रहेको उल्लेख गरिएको छ । दुई वर्षपछि हुनुपर्ने निर्वाचन दुई वर्षअघि गरिँदा यसले पुरानै अनुहार र व्यवस्थालाई पुनः वैधता दिने बाहेक अन्य उपलब्धि नहुने उनीहरूको भनाइ छ ।
संयुक्त वक्तव्यमा पछिल्लो समय निर्वाचन बहिष्कारको अभियानमा संलग्न विभिन्न दल र संगठनका नेताकार्यकर्तामाथि राज्यले दमन गरेको आरोप लगाइएको छ । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित सुन्तली थोकर र सजक, नेकपाका अध्यक्ष ऋषि कट्टेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पिविएम सोमनाथ तामाङ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नरेन्द्र बहादुर रिजाल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं विद्यार्थी नेता क. बासुदेव बुढा र क. नरेन्द्र विकलगायतलाई कथित निर्वाचन बहिष्कारको आरोपमा पक्राउ गरिएको उल्लेख गरिएको छ ।
उनीहरूले विचार र राजनीतिक मत फरक भएकै आधारमा गिरफ्तारी गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको दाबी गरेका छन् । साथै पक्राउ परेका नेताकार्यकर्ताको यथाशीघ्र रिहाइको माग गर्दै मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ । संयुक्त वक्तव्यमा राज्यको दमनकारी प्रवृत्तिको भत्र्सना गर्दै कथित निर्वाचनमा सहभागी नहुन र सशक्त बहिष्कार गर्न आम जनसमुदायलाई अपिल गरिएको छ ।
प्रतिक्रिया