
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इरानमाथि भएको अमेरिकी आक्रमणको कडा शब्दमा विरोध जनाएको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा उक्त आक्रमणलाई साम्राज्यवादी हस्तक्षेपको निरन्तरता भएको ठहर गर्दै विश्व शान्ति र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती खडा भएको उल्लेख गरिएको छ । वक्तव्यमा अमेरिकाले विगतदेखि नै विभिन्न देशमाथि आर्थिक, राजनीतिक तथा सैनिक हस्तक्षेप गर्दै आएको आरोप लगाइएको छ । इरानमाथिको आक्रमण त्यसैको पछिल्लो कडी भएको दाबी गर्दै पार्टीले यसले विश्वलाई थप अस्थिरतातर्फ धकेल्ने जनाएको छ ।
पार्टीले विश्वका श्रमजीवी, उत्पीडित तथा प्रगतिशील शक्तिहरूलाई साम्राज्यवादविरुद्ध एकजुट हुन आह्वान गरेको छ । साथै, धार्मिक अतिवाद र साम्राज्यवादी हस्तक्षेप दुबै विश्व शान्तिका लागि खतरा भएको उल्लेख गर्दै आपसी युद्ध र द्वन्द्वले आम जनतालाई मात्र क्षति पुर्याउने बताइएको छ ।
वक्तव्यमा अमेरिका–इरान तनावको असर खाडी क्षेत्रमा रहेका नेपाली नागरिकहरूमा पनि पर्न सक्ने भन्दै उनीहरूको सुरक्षा र स्वदेश फिर्तिप्रति सरकार गम्भीर बन्नुपर्ने माग गरिएको छ । विदेशमा रहेका नेपालीको सुरक्षाको प्रत्याभूति गर्न, आवश्यक परे उद्धार गर्न र राष्ट्रिय हित तथा स्वाधीनताको रक्षा गर्न ठोस कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।
प्रतिक्रिया