
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) विदेश ब्युरोले इरानमाथि भएकोे अमेरिका–इजरायल संयुक्त सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । पार्टीको विदेश ब्युरो इन्चार्ज मुक्तिद्धाराद्वारा जारी प्रेस वक्तव्यमा उक्त आक्रमणलाई “साम्राज्यवादी हस्तक्षेप” को संज्ञा दिँदै विरोध जनाइएको हो । विज्ञप्ति अनुसार २८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरान माथि हवाई आक्रमण गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित सर्वसाधारण नागरिकको ज्यान गएको घटनालाई “नरसंहारकारी कदम” भन्दै घोर भत्र्सना गरिएको छ ।
वक्तव्यमा अमेरिकाले विगतमा जापानको हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको प्रसंग उल्लेख गर्दै हालको घटनालाई पनि त्यसकै निरन्तरता भएको आरोप लगाइएको छ । साथै, इरानविरुद्ध कुनै पनि प्रकारको आणविक हतियार प्रयोगको हल्ला फैलाएर मध्यपूर्वका प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण जमाउने प्रयास भएको दाबी गरिएको छ ।
पार्टीले अमेरिका र इजरायललाई सबै प्रकारका आक्रमण तुरुन्त बन्द गरी इरानका जनतालाई सुरक्षाको प्रत्याभूति गराउन माग गरेको छ । साथै, विश्वभरका साम्राज्यवाद विरोधी देश तथा संगठनहरूलाई अमेरिकी हस्तक्षेपको विरोध गर्न पनि अपिल गरिएको छ ।
प्रतिक्रिया