
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
काठमाडौं, फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले वर्तमान संसदीय निर्वाचनलाई धोका भएको ठहर गर्दै देशमा नयाँ राजनीतिक संघर्ष आवश्यक भएको विश्लेषण सार्वजनिक गरेको छ । पार्टीका महासचिव कञ्चनद्वारा शुक्रबार जारी प्रेस वक्तव्यमा वर्तमान चुनावी प्रक्रिया जनताको आकांक्षा विपरीत भएकोे भन्दै त्यसविरुद्ध संगठित प्रतिरोध अपरिहार्य भएको उल्लेख गरिएको छ । पार्टीका अनुसार राजनीतिक सम्मेलन, संयुक्त सरकार गठन तथा संविधानमा आमूल परिवर्तन बिना अन्तरिम सरकारले सम्पन्न गरेको संसदीय निर्वाचनले देशको गहिरिँदै गएको राजनीतिक संकट समाधान गर्न नसक्ने स्पष्ट भनेको छ । वक्तव्यमा पुरानो दलाल पुँजीवादी राजनीतिक संरचनाले आफूलाई जोगाउन फेरि चुनावलाई औजार बनाएको आरोप लगाइएको छ । पार्टीले अहिलेको चुनावी प्रक्रियालाई “जनताको वास्तविक शक्ति र आवाजलाई नियन्त्रण गर्ने औपचारिक अभ्यास” को रूपमा चित्रण गरेको छ । बहुमतका अनुसार यस्तो प्रणालीले सामाजिक, आर्थिक र राजनीतिक रूपमा उत्पीडित वर्गको मुक्तिको प्रश्न समाधान गर्न नसक्ने भएकाले वैकल्पिक राजनीतिक आन्दोलन अपरिहार्य बनेको छ ।
पार्टीले नेपालमा भएको जनयुद्धलाई जनविद्रोहको ऐतिहासिक उपलब्धि मान्दै त्यसको मर्मलाई अहिलेको संसदीय राजनीतिक अभ्यासले कमजोर बनाएको टिप्पणी गरेको छ । यसै सन्दर्भमा बहुमतले दोस्रो संविधानसभा चुनावदेखि नै निर्वाचन बहिष्कारको नीति लिँदै आएको स्मरण गराएको छ । चुनाव बहिष्कार अभियानका क्रममा फागुन २१ गतेसम्म देशका विभिन्न स्थानबाट ३७ जना कार्यकर्ता पक्राउ परेको दाबी गर्दै पार्टीले उनीहरूको तत्काल रिहाइको माग गरेको छ । पार्टीका अनुसार राज्यले विरोधका आवाज दबाउन दमनकारी नीति अपनाइरहेको छ, जसले राजनीतिक द्वन्द्वलाई झन् गहिरो बनाउने चेतावनी दिएको छ ।
पार्टीले प्रमुख संसदीय दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमाथि जनताको विश्वास क्रमशः घट्दै गएको दाबी गर्दै वर्तमान निर्वाचनका परिणामहरू त्यसैको संकेत भएको बताएको छ । बहुमतको विश्लेषणमा अहिलेको व्यवस्था संकटको गहिरो मोडमा पुगेको र त्यसबाट नयाँ राजनीतिक उभार जन्मिने सम्भावना बढेको उल्लेख गरिएको छ । पार्टीले राष्ट्रिय स्वाधीनता, जनअधिकार र सामाजिक न्यायका पक्षमा सबै क्रान्तिकारी शक्ति, प्रगतिशील बुद्धिजीवी तथा आम जनतालाई संयुक्त संघर्षमा उत्रिन अपिल गरेको छ । साथै देशको राजनीतिक संकट समाधानका लागि “जनताको प्रत्यक्ष हस्तक्षेपसहितको नयाँ राजनीतिक विकल्प” निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याएको छ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया