
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
राँची जिल्ला, अप्रिल ३, २०२६ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य तथा राजनीतिक बन्दी प्रशान्त बोस, जसलाई किशन दा भनेर पनि चिनिन्छ, लामो समयदेखि बिरामी परेपछि शुक्रबार राँची जिल्लास्थित राजेन्द्र आयुर्विज्ञान संस्थान (RIMS) मा ८५ वर्षको उमेरमा निधन भएको छ । राँचीका वरिष्ठ प्रहरी उपरीक्षक राकेश रंजनले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् । प्रशान्त बोस विगत चार वर्षदेखि राँची जिल्लास्थित बिरसा मुन्डा केन्द्रीय कारागारमा कैद थिए । उनलाई उनकी पत्नी शीला मरांडी र अन्य सहयोगीसहित नोभेम्बर २०२१ मा झारखण्ड प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्दाको समयमा उनी माओवादी पार्टीको पोलिटब्युरो, केन्द्रीय समिति तथा केन्द्रीय सैन्य आयोगका सदस्य थिए, एसएसपीले बताए । “उनी उमेरसम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएका थिए र आजै उनको मृत्यु भयो,” एसएसपी राकेश रंजनले बताए । उनले मृत्युको ठ्याक्कै कारण अझै पुष्टि हुन बाँकी रहेको पनि जनाए ।
पश्चिम बंगालका स्थायी बासिन्दा बोस सन् १९७० को दशकमा स्थापना भएको माओवादी कम्युनिस्ट सेन्टर अफ इन्डिया (MCCI) का संस्थापक सदस्यमध्ये एक थिए । सन् २००४ मा : CCI ले आन्ध्र प्रदेशलगायत दक्षिणी राज्यहरूमा सक्रिय रहेको CPI (ML) पीपुल्स वार ग्रुपसँग एकीकृत भई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन गरिएको थियो । पक्राउ पर्दाको समयमा बोस माओवादी पार्टीको केन्द्रीय क्षेत्रीय ब्युरोका सचिव थिए, जसअन्तर्गत झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशा पर्छन् । उनका उत्तराधिकारी मिसिर बेसरा, जो माओवादी पार्टीको पूर्वी क्षेत्रीय ब्युरोको नेतृत्व गरिरहेको विश्वास गरिन्छ, अझै प्रहरी र सुरक्षा निकायको खोजीमा रहेका छन् । प्रशान्त बोसलाई उनकी पत्नी तथा अन्य सहयोगीहरू बिरेन्द्र हांसदा र राजु टुडु (गिरिडीह जिल्ला), तथा कृष्ण बहाडा र गुरुचरण बोद्रा (पश्चिम सिंहभूम जिल्ला) सहित नोभेम्बर १२, २०२१ मा सेराइकेला–खरसावाँ जिल्लाको प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरू गिरिडीहबाट पश्चिम सिंहभूमको सारंडा जंगलतर्फ जाँदै गरेको सूचनाका आधारमा पक्राउ परेका थिए । त्यसपछि उनीहरूलाई राँचीस्थित बिरसा मुन्डा केन्द्रीय कारागारमा सारिएको थियो, जहाँ अन्य आरोपीहरू अझै कैद छन् ।
प्रशान्त बोसलाई माओवादी संगठनभित्र एक महत्वपूर्ण विचारक र रणनीतिकारका रूपमा लिइन्थ्यो । झारखण्ड, बिहार, पश्चिम बंगाल र ओडिशाका केही भागहरूमा संगठन विस्तार गर्न तथा नेतृत्व संरचना कायम राख्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी दशकौँसम्म भूमिगत रहँदै आएका थिए र देशका सबैभन्दा खोजिएका माओवादी नेतामध्ये एक थिए । उनको पक्राउपछि, सन् २०२३ मा राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) ले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रहरीका अनुसार उनले झारखण्ड, बिहार, पश्चिम बंगाल, ओडिशा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्रमा भएका १०० भन्दा बढी आक्रमणका घटनामा संलग्न रहेको आरोप लगाइएको थियो ।
प्रतिक्रिया