
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
मुम्बईः पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । १ सय ९६ रनको लक्ष्य पन्जाबले २१ बल बाँकी रहँदै सहज रूपमा पूरा गर्यो । पन्जाबको जितमा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरले तेस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गरे । प्रभसिमरनले ३९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै अविजित ८० रन बनाए । कप्तान श्रेयसले पनि आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५ चौका र ४ छक्का सहित ६६ रन जोडे । उनी १५औं ओभरमा शार्दूल ठाकुरको बलमा आउट भएका थिए । श्रेयसको यो लगातार तेस्रो अर्धशतक हो ।
यसअघि प्रियान्श आर्य (१५) र कूपर कोनोली (१७) छिट्टै आउट हुँदा पन्जाब ४५/२ को अवस्थामा पुगेको थियो । दुवै विकेट अफगानी बलर एएम गजनफरले लिएका थिए । अन्त्यतिर मार्कस स्टोइनिस १० रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । क्विन्टन डी ककले अविजित १ सय १२ रनको शानदार पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ६० बलमा ८ चौका र ७ छक्का प्रहार गरे ।
डी ककले नमन धीरसँग तेस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए । धीरले ३१ बलमा ३ चौका र ३ छक्का सहित महत्वपूर्ण योगदान दिए। अन्य ब्याटरहरू भने खासै चल्न सकेनन् । पन्जाबका अर्शदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मार्को यानसेन र शशांक सिंहले समान १–१ विकेट हात पारे । यस जितसँगै पन्जाब अपराजित रहँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने मुम्बई ५ खेलमा एक जितसहित नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया