काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बन्द सत्रको चौथो दिन किर्तिपुरमा जारी छ । मङ्गलबार बिहान ८ बजे शुरू भएको बन्द सत्रमा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमाथिको छलफल सकिएको छ । १६ वटा समूहबाट एकएक जनाले छलफलमा भाग लिएका थिए ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमा छलफलका लागि क्रमश : १. अमृत, २. प्रतिमा बजगाईं, ३. अमर, ४. डिबी शाही, ५. सुदिप, ६. गोविन्द विष्ट, ७. ध्रुव, ८. राष्ट्रपति, ९. आलोक, १०. राम सेढाई, ११. प्रकाश, १२. प्रकाश शर्मा, १३. विकल्प, १४. प्रेम प्रकाश शर्मा, १५. विज्ञान र १६. सुप्रियाले भाग लिएका थिए ।
महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा प्रस्तावित राजनीतिक प्रतिवेदन तथा विधानमाथि वृहत रूपमा छलफलका लागि १६ वटा समूहमा विभाजन गरिको थियो । प्रस्तावित उक्त राजनीतिक प्रतिवेदन तथा विधान भोलि सर्वसहमतिमा पास गरिने जनाइएको छ ।
नवऔपनिवेशिक तथा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ !, समाजवादी गणतन्त्र स्थापनाको लागि नवौँ महाधिवेशन सफल पारौँ !! भन्ने मूल नाराका साथ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार भव्य रुपमा उद्घाटन गरिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९औँ महाधिवेशन माघ १० गतेसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया