News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय समाचार

सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान

बेइजिङ, असार १७ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आफ्नो स्थापना दिवसको १०५औँ वर्ष पूरा गरेको अवसरमा आयोजित विशेष समारोहमा पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति ह्ष् व्ष्लउष्लन ले पार्टीलाई नयाँ युगका चुनौतीहरू सामना गर्दै विकास र समृद्धिको यात्रालाई थप सशक्त बनाउन आह्वान गरेका छन् । बुधबार बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै सीले पार्टीको मूल विचार, नीति तथा मार्गदर्शनलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले विगत एक शताब्दीभन्दा लामो यात्रामा पार्टीले हासिल गरेका उपलब्धिको आधार जनताको विश्वास र समर्थन रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए । सीका अनुसार चीनले अब नयाँ चरणको विकास यात्रामा प्रवेश गरिरहेको छ, जहाँ अवसरसँगै अनेक चुनौतीहरू पनि रहेका छन् । त्यसैले पार्टीका सबै तह र पंक्तिले एकताबद्ध भएर जोखिमको सामना गर्दै सुधार, विकास र स्थायित्वलाई सँगसँगै अघि बढाउनुपर्ने उनले बताए ।
उनले मानव जातिका लागि साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको अवधारणालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता दोहोर्‍याउँदै पार्टीभित्र अनुशासन, सुशासन र आत्म–सुधारलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे । पार्टीको नेतृत्व क्षमता र जनविश्वासलाई सुदृढ बनाउने कार्यलाई आगामी दिनमा पनि उच्च प्राथमिकतामा राखिने उनले स्पष्ट पारे । यसैबीच, बेइजिङस्थित न्चभबत ज्बिि या तजभ एभयउभि मा आयोजित अर्को विशेष समारोहमा महासचिव सीले पार्टी र राष्ट्रप्रति विशिष्ट योगदान पुर्‍याएका सदस्यहरूलाई सीपीसीको सर्वोच्च सम्मान ‘जुलाई १ पदक’ प्रदान गरेका छन् । सीपीसीको १०५औँ स्थापना दिवसलाई चीनले आफ्नो राजनीतिक नेतृत्व, विकासको दीर्घकालीन दृष्टि र राष्ट्रिय पुनर्जागरणको लक्ष्यप्रति प्रतिबद्धता पुनः व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा मनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ