
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
बेइजिङ, असार १७ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आफ्नो स्थापना दिवसको १०५औँ वर्ष पूरा गरेको अवसरमा आयोजित विशेष समारोहमा पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति ह्ष् व्ष्लउष्लन ले पार्टीलाई नयाँ युगका चुनौतीहरू सामना गर्दै विकास र समृद्धिको यात्रालाई थप सशक्त बनाउन आह्वान गरेका छन् । बुधबार बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै सीले पार्टीको मूल विचार, नीति तथा मार्गदर्शनलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले विगत एक शताब्दीभन्दा लामो यात्रामा पार्टीले हासिल गरेका उपलब्धिको आधार जनताको विश्वास र समर्थन रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए । सीका अनुसार चीनले अब नयाँ चरणको विकास यात्रामा प्रवेश गरिरहेको छ, जहाँ अवसरसँगै अनेक चुनौतीहरू पनि रहेका छन् । त्यसैले पार्टीका सबै तह र पंक्तिले एकताबद्ध भएर जोखिमको सामना गर्दै सुधार, विकास र स्थायित्वलाई सँगसँगै अघि बढाउनुपर्ने उनले बताए ।
उनले मानव जातिका लागि साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको अवधारणालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता दोहोर्याउँदै पार्टीभित्र अनुशासन, सुशासन र आत्म–सुधारलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे । पार्टीको नेतृत्व क्षमता र जनविश्वासलाई सुदृढ बनाउने कार्यलाई आगामी दिनमा पनि उच्च प्राथमिकतामा राखिने उनले स्पष्ट पारे । यसैबीच, बेइजिङस्थित न्चभबत ज्बिि या तजभ एभयउभि मा आयोजित अर्को विशेष समारोहमा महासचिव सीले पार्टी र राष्ट्रप्रति विशिष्ट योगदान पुर्याएका सदस्यहरूलाई सीपीसीको सर्वोच्च सम्मान ‘जुलाई १ पदक’ प्रदान गरेका छन् । सीपीसीको १०५औँ स्थापना दिवसलाई चीनले आफ्नो राजनीतिक नेतृत्व, विकासको दीर्घकालीन दृष्टि र राष्ट्रिय पुनर्जागरणको लक्ष्यप्रति प्रतिबद्धता पुनः व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा मनाएको छ ।
प्रतिक्रिया