News Portal

ताजा शिर्षकहरु

राजनीति समाचार

नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन

बर्दिया । नेकपा (बहुमत) बर्दिया जिल्लाको दोस्रो जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। उक्त भेलाले दिलमानको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत चयन गरेको छ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेकपा (बहुमत) का ६ नम्बर ब्युरो इन्चार्ज अनन्तले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्नुभयो। उहाँले आजको मुख्य आवश्यकता वैज्ञानिक समाजवादी क्रान्ति नै भएको उल्लेख गर्दै त्यसका लागि लामबद्ध हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।

इन्चार्ज अनन्तले अहिलेको सरकार बिस्तारै फासिवादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै पार्टीले यसको सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो।

कार्यक्रममा जिल्ला इन्चार्ज ‘परिवर्तन’ लगायतका अन्य अतिथिहरूले नवनिर्वाचित जिल्ला समितिलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी कार्यदिशा र संगठन सुदृढीकरणका बारेमा आवश्यक प्रशिक्षण दिएका थिए। नयाँ समिति चयन भएसँगै बर्दियामा पार्टीको संगठन विस्तारले थप गति लिने विश्वास नेताहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया