
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
पोखरा, असार २९ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता दिपकले वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत विश्लेषण प्रस्तुत गर्दै मुलुकको प्रमुख आवश्यकता वैज्ञानिक समाजवादी क्रान्ति रहेको धारणा राखे । उनले उक्त लक्ष्य हासिल गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादी क्रान्तिको अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्न आह्वान गरे ।
कार्यक्रममा पार्टीको ४ नम्बर ब्युरोका इन्चार्ज सुजनले वर्तमान सरकार फासिवादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गरिने बताए । उनले नवनिर्वाचित जिल्ला समितिलाई बधाई तथा शुभकामना दिँदै संगठन सुदृढीकरण, आगामी कार्यदिशा र पार्टी निर्माणका विषयमा प्रशिक्षणसमेत दिएका थिए । भेलामा सहभागी नेताहरूले संगठन विस्तार, जनपरिचालन तथा वैज्ञानिक समाजवादको पक्षमा जनचेतना अभिवृद्धि गर्ने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया