
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
पञ्जाब, भारत । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अन्तर्राष्ट्रिय ब्युरो अन्तर्गतको भारत उपब्युरो अन्तर्गत पर्ने जिल्ला नं. १, पञ्जाबको प्रथम जिल्ला भेला २०२६ जुलाई १२ मा सम्पन्न भएको छ । भेलाको सञ्चालन कमरेड निसानले गर्नुभएको थियो भने अध्यक्षता तत्कालीन जिल्ला समिति सचिव (डीसीएस) कमरेड आशिषले गर्नुभएको थियो । कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कमरेड प्रतीक प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने केन्द्रीय सदस्य कमरेड सन्तोष विशेष रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको प्रारम्भमा १० वर्षे महान् जनयुद्ध तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
जिल्ला तथा एरिया पार्टी सदस्यहरूको उल्लेखनीय उपस्थितिमा प्रमुख अतिथि कमरेड प्रतीकले भेलाको उद्घाटन गर्दै नेपालको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नुभयो । उहाँले देशमा अमेरिकी साम्राज्यवादको प्रभावमा रहेको कठपुतली सरकारले दमन र राज्य आतंकलाई तीव्र बनाएको आरोप लगाउँदै त्यसका विरुद्ध जनसंघर्षलाई सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा कमरेड उषाले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी केन्द्रीय सदस्य कमरेड सन्तोषले साविक जिल्ला समितिलाई विघटन गरी कमरेड आशिषको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको घोषणा गर्नुभयो । नवनिर्वाचित जिल्ला समितिलाई बधाई दिँदै सहभागीहरूले संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनआधारित बनाउँदै पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष कमरेड आशिषले सहभागी सबैलाई धन्यवाद दिँदै भेला सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो ।
प्रतिक्रिया