
१ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
२बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
८आत्मदाह गराउन बन्द गर
९नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
१०सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
११नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
१२नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
काठमाडौँ, भाद्र २७ । खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा (बहुमत) ले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । अध्यक्ष मण्डलका प्रदर्शनकारीहरूले बिजुल्लीबजारदेखि माईतिघरसम्म खाली थाल बजाउँदै तथा थालमा काँचो चामल राखेर सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ग्यासको अभाव तत्काल अन्त्य गर्न र अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनका क्रममा ‘दुई तिहाइको सरकार, चार तिहाइको सङ्कट’, ‘भोको पेटले के भन्छ, भरी ग्यास दे भन्छ’ र ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार ?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनकारीहरूले दुई तिहाइ बहुमत प्राप्त सरकारले समेत खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति नियमित बनाउन नसकेको आरोप लगाएका छन् । उनीहरूले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगो मूल्यमा खरिद गर्न बाध्य पारिएको दाबीसमेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लाृहनीले केही ग्यास डिलरहरूले दिउँसो अभाव देखाएर रातको समयमा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको आरोप लगाए ।
उनले यस्तो कालोबजारीमा प्रशासनिक निकाय तथा सम्बन्धित जिम्मेवार व्यक्तिहरूको संरक्षण र कमिसनको खेल रहेको दाबी गरे ।
लोहनीले तत्काल ग्यास वितरण सहज बनाउन सरकारलाई चेतावनी दिँदै एक–दुई दिनभित्र समस्या समाधान नभए कालोबजारीमा संलग्न डिलरहरूको सूची सार्वजनिक गर्ने बताए । उनले त्यसपछि पनि सरकारले समस्या समाधानमा चासो नदिए जनताले आफैँ ग्यास डिलरमा पुगेर ग्यास कब्जा गरी निःशुल्क वितरण गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
३‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
प्रतिक्रिया