काठमाडौँ । म्यानचेस्टर सिटीले शानदार रूपमा जित हासिल गरेको छ । म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित निकालेको हो । यो जितसँगै इङ्लिस प्रिमियर सिपको अंक तालिकामा सिटी चौथो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलको तेस्रो मिनेटमा पहिलो खेल खेलिरहेका अब्दुकोरबिर खुसानोभले चेल्सीलाई अग्रता दिलाएका थिए । जोस्को डिभार्डियोलले खेलको ४२ औँ मिनेटमा रिबाउन्डमा पाएको अवसरलाई उपयोग गर्दै सिटीलाई खेलमा फर्काएका थिए । खेलको ६८ औँ मिनेटमा एर्लिङ हलान्डले चेल्सीका गोलरक्षक रोबर्ट साँचेजको गल्तीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाए । ८७ औँ फिल फोडेनले चेल्सीका लागि अन्तिम गोल गरे ।
४१ अङ्क रहेको सिटीले गोल अन्तरमा न्यूक्यासललाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो । चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ ।
प्रतिक्रिया