
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
९फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ताप्लेजुङमा विकासको नाममा कथित केबलकार बनाउने कार्य तत्काल रोक्न माग गरेको छ । सोमबार नेकपा (बहुमत) १ नं. व्युरो इन्चार्ज मिसेकले एक प्रेस वक्तव्यमार्फत आदिवासी उत्पीडित जाति लिम्बू समुदायको असहमति र विरोधको बाबजुद पनि बल प्रयोगको माध्यमबाट दलाल पुँजीपतिहरुले केवलकार निर्माण प्रक्रिया अगाडि सारेको भन्दै उक्त प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् ।
इन्चार्ज मिसेकले मुक्कुमलुङ क्षेत्रमा आफ्नो ऐतिहासिक मुन्धुमी धरोहर र पर्यावरणको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका लिम्बू लगायत अन्य उत्पीडित जातीय समुदायमाथि हिंसात्मक दमन गरिरहेको राज्यआतंकप्रति घोर भत्र्सनासमेत गरेका छन् । साथै उनले सिङ्गो लिम्बू समुदायको ऐतिहासिक मुन्धुमी धरोहर नामेट गरी विकासको नाममा कथित केवल कार बनाउने दुस्साहस गरिरहेका दलाल पुँजीपतिहरु र दलाल पुँजीवादी राज्यसत्ताको प्रक्रियासँग असहमति राख्दै खेद व्यक्त गरेका छन् ।
उनले सरकार समक्ष गम्भीरतापूर्वक अविलम्ब दमन रोकी, घाइते योद्धाहरुको उपचार र पक्राउ गरिएका योद्धाहरुको बिनासर्त रिहाइको माग गर्दै वार्ताको माध्यमबाट समस्याको समाधानको मागसमेत गरेका छन् । साथै उनले आदिवासी उत्पीडित जातिहरुको अधिकार सुनिश्चित गर्न वैज्ञानिक समाजवाद स्थापनार्थ हुने राजनैतिक सङ्घर्षमा केन्द्रिकृत हुन सम्पूर्ण उत्पीडित जातीय समुदायलाई हार्दिक आह्वान् गर्दै मुक्कुमलुङ रक्षा आन्दोलनप्रति ऐक्यबद्धता पनि व्यक्त गरेका छन् ।
व्युरो इन्चार्ज मिसेकले प्रेस वक्तव्यमा भनेका छन्, ‘ताप्लेजुङ जिल्लाको फुङलिङस्थित मुक्कुमलुङ पहाड, केवल पहाड मात्र होइन । आधुनिक नेपाल राज्य बन्नु अघि रहेको लिम्बुवान र लिम्बू समुदायको ऐतिहासिक मुन्धुमी धरोहर पनि हो । यसलाई संरक्षण र सवंद्र्धन गर्न उक्त जातिको अनिवार्य कर्तव्य रहन्छ । उनीहरुले परापूर्व कालदेखि यही गर्दै आएका पनि छन् । तथापि विगत केही समययता देखि विद्यमान दलाल पुँजीवादी राज्यसत्ताको आडमा केही थान दलाल पुँजीपतिहरु निजी फइदाको लागि सिङ्गो लिम्बू समुदायको उक्त ऐतिहासिक मुन्धुमी धरोहर नामेट गरी विकासको नाममा कथित केवल कार बनाउने दुस्साहस गरिरहेका छन् । आदिवासी उत्पीडित जाति लिम्बू समुदायको असहमति र विरोधको बाबजुद पनि बल प्रयोगको माध्यमबाट दलाल पुँजीपतिहरु र दलाल पुँजीवादी राज्यसत्ता केवल कार निर्माण प्रक्रियामा अगाडि सरेको छ । हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) यस प्रक्रियासँग असहमति राख्दै खेद व्यक्त गर्दछ ।’
इन्चार्ज मिसेकले प्रेस वक्तव्यमा अगाडि भनेका छन्, ‘नेपाल बहुराष्ट्रिय, बहु सांस्कृतिक, बहुभाषिक र फरक मनोविज्ञान रहेको देश हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र तराईदेखि पहाड हुँदै हिमालसम्म झन्डै १४२ फरक जातीय समुदायको अस्तित्व रहेको छ । उनीहरुको अस्तित्व र फरक फरक सामाजिक जीवन पद्धतिले आजको सुन्दर नेपाल बनेको हो । तर विद्यमान राज्यसत्ता यसलाई स्वीकार गर्ने पक्षमा छैन । त्यसकारण मुक्कुमलुङ क्षेत्रमा आफ्नो ऐतिहासिक मुन्धुमी धरोहर र पर्यावरणको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका लिम्बू लगायत अन्य उत्पीडित जातीय समुदायमाथि हिंसात्मक दमन गरिरहेको छ । यस प्रकारको राज्यआतंकप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । सिद्धान्त, बन्दुकको आडमा गरिने दमनले किञ्चित समाधान दिन सक्दैन । बन्दुक कसैको पेवा पनि होइन । आज शान्तिपूर्ण आन्दोलन गरिरहेका मानिसहरुले आवश्यक महसुस गरे बन्दुक बोक्न पनि सक्छन् । त्यसैले नेपाल सरकार समक्ष गम्भीरतापूर्वक हाम्रो पार्टी यो माग गर्दछ कि अविलम्ब दमन रोकियोस्, घाइते योद्धाहरुको उपचार गरियोस् र पक्राउ गरिएका योद्धाहरुको बिनासर्त रिहाइ गरियोस् साथै वार्ताको माध्यमबाट समस्याको समाधान गरियोस् ।’
व्युरो इन्चार्जले प्रेस वक्तव्यको अन्त्यमा भनेका छन्, ‘अतः हाम्रो पार्टी नेकपा (बहुमत) सम्पूर्ण उत्पीडित जातीय समुदायको अधिकारको पक्षमा रहेको छ । उनीहरुको स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकारसहित सङ्घात्मक राज्य प्रणालीको दृढ पक्षमा छ । मुक्कुमलुङको पक्षमा छ । पहिचानको पक्षमा छ । तर बुझ्नुपर्ने कुरा के छ भने विद्यमान दलाल पुँजीवादी राज्यसत्ता यसको खिलावमा छ । सरकार यसको खिलावमा छ । त्यसकारण सामान्य स्तरबाट गरिने आन्दोलनबाट अधिकार स्थापित गर्न सकिँदैन । बरु थप गुम्ने खतरा रहन्छ । यसर्थ अवको सङ्घर्ष दलाल पुँजीवादी सत्तालाई नै अन्त्य गरेर सर्वाङ्गीण अधिकार स्थापित हुने वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सक्ने सङ्घर्षलाई अगाडि बढाउन आवश्यक छ । तसर्थ, आदिवासी उत्पीडित जातिहरुको अधिकार सुनिश्चित गर्न वैज्ञानिक समाजवाद स्थापनार्थ हुने राजनैतिक सङ्घर्षमा केन्द्रिकृत हुन सम्पूर्ण उत्पीडित जातीय समुदायलाई हार्दिक आह्वान् गर्दै मुक्कुमलुङ रक्षा आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दछ ।’


१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया