
१नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
२कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
३बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
४मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
५नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
६लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
७नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
९नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१०नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
११नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
१२दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१०नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार आन्तरिक स्थानान्तरणको कामका लागि सबै तयारी पूरा गरिएको छ । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैँडा स्थानान्तरणको तयारी सुरू गरेको उनले बताए । निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने छ ।
उनले भने, “अहिले हामीले दुईवटा भाले र दुई वटा पोथी गैँडा स्थानान्तरण गर्दै छौँ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको र उनीहरूको स्थानान्तरण गर्नसके वासस्थान सहज हुने उल्लेख थियो । स्थानान्तरण गर्दा वयस्क गैँडा गरिने उनले जानकारी दिए । उनले थपे, “अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको छ ।” गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोड्ने तयारी गरिएको उनले बताए । गैँडा स्थानान्तरणका लागि विभागका महानिर्देशक डा रामचन्द्र कँडेलसहितको टोली चितवन आएको उनले जानकारी दिए ।
तीन वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया