News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

महिला टी-२०आई शृंखलामा आज थाइल्याण्डसँग खेल्दै नेपाल

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दैछ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल आज थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले विजय शुरुवात गरेको थियो।

महिला टी-२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ ।

प्रतिक्रिया

ट्रेन्डिङ