
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव कञ्चनले राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेश र हाल संसद्बाट द्रुतमार्गबाट पारित गर्न ल्याएको “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१” प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै तुरुन्त फिर्ता गर्न माग गरेका छन् । महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ ले आइतबार विज्ञप्तिमार्फत उक्त विधेयक तुरुन्त फिर्ता लिन जोडदार माग गरेका हुन् । साथै उनले उक्त विधेयक तुरुन्त फिर्ता नगरिएमा पार्टीले यस्ता विधेयक प्रस्ताव गर्ने, त्यसलाई पारित गर्ने र विधेयकबाट लाभान्वित हुनेका विरुद्ध आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
पार्टीका महासचिव कञ्चनले विज्ञप्तिमा भनेका छन्, ‘गत माघ २ गते राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेश र हाल संसद्बाट द्रुतमार्गबाट पारित गर्न ल्याएको “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१” प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विधेयकमा भनिएको छ “भूमि ऐन, २०२१ मा संशोधनको दफा १२छ मा घरजग्गा व्यवसायको हदबन्दी छुट सम्बन्धी विशेष व्यवस्थाः (१) यस ऐनमा अन्यत्र जुनसुकै लेखिएको भएता पनि १२ खण्डको (ङ१) बमोजिमको घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानूनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्नेछ ।” त्यसैगरी “(१) बमोजिम घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले घर तथा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्दा घर वा अपार्टमेन्ट व्यक्तिहरूको सामूहिक उपयोगमा रहने गरी राखिएको जग्गालाई घर वा अपार्टमेन्ट खरिद गर्ने खरिद कर्ताको स्वतः १२क को उपदफा (२) बमोजिम स्वीकृति प्राप्त गरेको भएमा जग्गा विकास गरी विकसित घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न कुनै बाधा हुने छैन ।” भनिएको छ ।’
महासचिव कञ्चनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यी दुई प्रावधानले एकातिर विगतमा लगाउँदै आएको जग्गा सम्बन्धी हदबन्दीलाई खारेज गरेर नेपालका जग्गा दलाल, धनी पुँजीपतिको हातमा जमिन केन्द्रित हुन पुग्दछ र भूमिहिनहरूको सङ्ख्या बढ्दै जान्छ । दोस्रो सार्वजनिक रूपमा रहेका तर कब्जा गरिएका जमिनलाई वैधता दिने छ । तेस्रो, सत्ताको आडमा कब्जा गरिएका हदभन्दा बढी जमिन कानूनी रूपमा नै उपयोग गर्नेहरूको नाममा हुने छन् । यस्ता विधेयक अधिक विवादित ललिता निवास, अन्नपूर्ण, गिरीबन्धु टी स्टेट, बाँसबारीजस्ता अतिक्रमित भूमि कब्जा गरेका व्यक्तिहरूका पक्षमा रहेको सहज अनुमान गर्न सकिन्छ ।’
महासचिव कञ्चनले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘बैंक, सहकारी, वित्तीय संस्था, मिटर ब्याज मार्फत गरिब जनताको कब्जा गरिएका जमिनले वैधता पाउने छन् । यसले गर्दा झनै ठूलो सङ्ख्याका जनता भूमिहिन बन्दै जानेछन् भने भूमि दलाल, सत्तासिनलाई भूमिदान गरेका भनिएका व्यक्ति वा संस्थाले अतिक्रमण गरेको जमिन कानूनी रूपमा नै उनीहरूको हुने छ । तसर्थ उक्त अध्यादेश जुन विधेयकका रूपमा संसद्मा पठाइएको छ, त्यसलाई तुरुन्त फिर्ता गरियोस् । यसो नगरिएमा हाम्रो पार्टी यस्ता विधेयक प्रस्ताव गर्ने, त्यसलाई पारित गर्ने, उक्त विधेयकबाट लाभान्वित हुनेका विरुद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’




१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया