
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव कञ्चनले राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेश र हाल संसद्बाट द्रुतमार्गबाट पारित गर्न ल्याएको “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१” प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै तुरुन्त फिर्ता गर्न माग गरेका छन् । महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ ले आइतबार विज्ञप्तिमार्फत उक्त विधेयक तुरुन्त फिर्ता लिन जोडदार माग गरेका हुन् । साथै उनले उक्त विधेयक तुरुन्त फिर्ता नगरिएमा पार्टीले यस्ता विधेयक प्रस्ताव गर्ने, त्यसलाई पारित गर्ने र विधेयकबाट लाभान्वित हुनेका विरुद्ध आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
पार्टीका महासचिव कञ्चनले विज्ञप्तिमा भनेका छन्, ‘गत माघ २ गते राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेश र हाल संसद्बाट द्रुतमार्गबाट पारित गर्न ल्याएको “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१” प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विधेयकमा भनिएको छ “भूमि ऐन, २०२१ मा संशोधनको दफा १२छ मा घरजग्गा व्यवसायको हदबन्दी छुट सम्बन्धी विशेष व्यवस्थाः (१) यस ऐनमा अन्यत्र जुनसुकै लेखिएको भएता पनि १२ खण्डको (ङ१) बमोजिमको घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानूनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्नेछ ।” त्यसैगरी “(१) बमोजिम घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले घर तथा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्दा घर वा अपार्टमेन्ट व्यक्तिहरूको सामूहिक उपयोगमा रहने गरी राखिएको जग्गालाई घर वा अपार्टमेन्ट खरिद गर्ने खरिद कर्ताको स्वतः १२क को उपदफा (२) बमोजिम स्वीकृति प्राप्त गरेको भएमा जग्गा विकास गरी विकसित घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न कुनै बाधा हुने छैन ।” भनिएको छ ।’
महासचिव कञ्चनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यी दुई प्रावधानले एकातिर विगतमा लगाउँदै आएको जग्गा सम्बन्धी हदबन्दीलाई खारेज गरेर नेपालका जग्गा दलाल, धनी पुँजीपतिको हातमा जमिन केन्द्रित हुन पुग्दछ र भूमिहिनहरूको सङ्ख्या बढ्दै जान्छ । दोस्रो सार्वजनिक रूपमा रहेका तर कब्जा गरिएका जमिनलाई वैधता दिने छ । तेस्रो, सत्ताको आडमा कब्जा गरिएका हदभन्दा बढी जमिन कानूनी रूपमा नै उपयोग गर्नेहरूको नाममा हुने छन् । यस्ता विधेयक अधिक विवादित ललिता निवास, अन्नपूर्ण, गिरीबन्धु टी स्टेट, बाँसबारीजस्ता अतिक्रमित भूमि कब्जा गरेका व्यक्तिहरूका पक्षमा रहेको सहज अनुमान गर्न सकिन्छ ।’
महासचिव कञ्चनले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘बैंक, सहकारी, वित्तीय संस्था, मिटर ब्याज मार्फत गरिब जनताको कब्जा गरिएका जमिनले वैधता पाउने छन् । यसले गर्दा झनै ठूलो सङ्ख्याका जनता भूमिहिन बन्दै जानेछन् भने भूमि दलाल, सत्तासिनलाई भूमिदान गरेका भनिएका व्यक्ति वा संस्थाले अतिक्रमण गरेको जमिन कानूनी रूपमा नै उनीहरूको हुने छ । तसर्थ उक्त अध्यादेश जुन विधेयकका रूपमा संसद्मा पठाइएको छ, त्यसलाई तुरुन्त फिर्ता गरियोस् । यसो नगरिएमा हाम्रो पार्टी यस्ता विधेयक प्रस्ताव गर्ने, त्यसलाई पारित गर्ने, उक्त विधेयकबाट लाभान्वित हुनेका विरुद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’


१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया