काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त उजुरीहरूको प्राथमिकीकरण सुरु गरेको छ ।
समिति सचिवालयका अनुसार ९२ वटा उजुरी परेका छन् । त्यसमध्ये कुन उजुरीको महत्व कति हो भन्ने तय गरेर त्यस आधारमा छलफलमा अगाडि बढाउन लागिएको छ ।
गत सोमबार राजय व्यवस्था समितिले समितिका सदस्यहरूलाई प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटै उजुरी बाँडेको थियो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरू दर्ता भएका छन् भने बाँकी ३४ वटा उजुरीहरू अध्ययनको क्रममा छन् । अध्ययनपछि बाँकी उजुरी दर्ता गर्ने वा नगर्ने निर्णय समितिले लिनेछ । तर, सांसदहरूलाई वितरण गरिसकेकाले अब दर्ता गर्न वा नगर्न पनि सांसदले सुझाउन सक्नेछन् ।
राज्य व्यवस्था समितिका सभापति खतिवडाका अनुसार उजुरीहरूको बारेमा अध्ययन गर्न छुट्टै उपसमिति गठन गर्ने तयारी छ । सभापति खतिवडाका अनुसार समितिको कार्यक्षेत्रमा नपर्ने उजुरीमाथि छलफल हुने छैन ।
प्रतिक्रिया