
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त उजुरीहरूको प्राथमिकीकरण सुरु गरेको छ ।
समिति सचिवालयका अनुसार ९२ वटा उजुरी परेका छन् । त्यसमध्ये कुन उजुरीको महत्व कति हो भन्ने तय गरेर त्यस आधारमा छलफलमा अगाडि बढाउन लागिएको छ ।
गत सोमबार राजय व्यवस्था समितिले समितिका सदस्यहरूलाई प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटै उजुरी बाँडेको थियो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरू दर्ता भएका छन् भने बाँकी ३४ वटा उजुरीहरू अध्ययनको क्रममा छन् । अध्ययनपछि बाँकी उजुरी दर्ता गर्ने वा नगर्ने निर्णय समितिले लिनेछ । तर, सांसदहरूलाई वितरण गरिसकेकाले अब दर्ता गर्न वा नगर्न पनि सांसदले सुझाउन सक्नेछन् ।
राज्य व्यवस्था समितिका सभापति खतिवडाका अनुसार उजुरीहरूको बारेमा अध्ययन गर्न छुट्टै उपसमिति गठन गर्ने तयारी छ । सभापति खतिवडाका अनुसार समितिको कार्यक्षेत्रमा नपर्ने उजुरीमाथि छलफल हुने छैन ।
प्रतिक्रिया