
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
९भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
जेष्ठ १५, काठमाडौं । नेकपा (बहुमत)ले राजतन्त्र समाप्त गरी गणतन्त्रको स्थापना हुनु सामाजिक विकासका दृष्टिले प्रगतिशिल कदम भए पनि गणतन्त्रको रुपमा स्थापित गरिएको दलाल पुँजीवादको विकासले गणतन्त्रको प्रगतिशिल चरित्रलाई समाप्त पारिदिएको बताएको छ ।
१७औं गणतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले यस्तो बताएका हुन् ।
विज्ञप्तिमा महासचिव बास्तोलाले राष्ट्रघाती सन्धी सम्झौताहरुको अनुमोदनले देशको स्वाधीनता साम्राज्यवाद सामु बन्धक बनेको दाबी गरेका छन् । बास्तोलाको विज्ञप्तिमा जनघाती एवम् राष्ट्रघाती चरित्रका कारण लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् भ्रष्टाचार, महंगी र बेरोजगारी निरन्तर बढिरहेको भन्दै सामाजिक असहिष्णुता र साम्प्रदायिक भेदभाव समेत अस्वाभाविक रुपमा बढी भइरहेको बताइएको छ ।
गणतन्त्र नामको दलाल पुँजीवादी व्यवस्थाका कमीकमजोरीहरुको चिरफार गर्दै बास्तोलाले विज्ञप्तिमा आगामी दिनहरुमा अपनाउनु पर्ने राजनीतिक विकल्प पनि सुझाएका छन् ।
‘पार्टीले वैज्ञानिक समाजवादको तात्कालिक कार्यक्रम स्वरुप प्रत्येक नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकार सहित कृषि, उद्योग र आवासका लागि निःशुल्क जमिनको नीति लागु गर्नु, शिक्षा र स्वास्थ्यमा निजिकरणको पूर्ण अन्त्य गर्नु, कृषि र उद्योगको सन्तुलित एवम् एकीकृत विकास अन्तर्गत कृषिजन्य वस्तुहरुको राज्यद्वारा खरीद बिक्रि गर्नु, सरकारी उद्योगहरुको नेतृत्वमा आत्मनिर्भर अर्थतन्त्रको स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रणका लागि राज्यको विशिष्ट ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नु, वित्तीय शोषण अन्त्यका लागि निजी बैंक प्रणाली अन्त्य गर्नु र असमान सन्धी सम्झौताहरुको खारेजी गर्नु आदि प्रस्तावहरु अघि सारेको छ ।’ बास्तोलाले विज्ञप्तिमा जनाएका छन् ।
बास्तोलाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै :
गणतन्त्र दिवसको सन्दर्भमा
प्रेस वक्तव्य :
नेपाली जनताले सामन्तवाद, साम्राज्यवाद, पुँजीवादबाट मुक्ति प्राप्त गरी नयाँ जनवाद–समाजवाद स्थापना गर्न दशकौंदेखि गरेको अनवरत संघर्ष, दश बर्षसम्म चलेको महान जनयुद्ध, त्यही जनयुद्धको जगमा भएकोे जनआन्दोलन र मधेस आन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको १७ बर्ष पुरा भएको छ । यस सन्दर्भमा सम्पूर्ण महान सहिदहरु प्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ साथै बेपत्ता योद्धाहरुको स्मरण र आन्दोलनमा भएका घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछ ।
राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापना सामाजिक विकासका दृष्टिले प्रगतिशिल कदम भए पनि गणतन्त्रको रुपमा स्थापित दलाल पुँजीवादको संस्थागत विकासले गणतन्त्रको प्रगतिशिल चरित्रलाई समाप्त पारिदिएको तथ्य अब सबैका लागि दिउँसोको घाम जत्तिकै छर्लङ्ग भएको छ । दलाल पुँजीवादी लोकतान्त्रिक गणतन्त्र अब एक जनबिरोधी, भ्रष्ट एवम् राष्ट्रघाती प्रणालीमा संस्थागत भएको छ । जनघाती एवम् राष्ट्रघाती चरित्रका कारण लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् भ्रष्टाचार, महंगी र वेरोजगारी निरन्तर बढिरहेको छ । सामाजिक असहिष्णुता र साम्प्रदायिक भेदभाव समेत अस्वाभाविक रुपमा बढी भईरहेको छ । राष्ट्रघाती सन्धी–सम्झौताहरुको अनुमोदनले देशको स्वाधीनता साम्राज्यवाद सामु बन्धक बनेको छ । यथार्थमा राजनीतिक पराधीनता र आर्थिक परनिर्भरता वर्तमान लोकतान्त्रिक गणतन्त्रका ‘सुन्दर आभूषण’ बनेका छन् ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाका दुई वटा आधार स्तम्भहरु मध्ये–दश बर्षे महान् जनयुद्ध र १९ दिने ऐतिहासिक दोस्रो जनआन्दोलन थिए । लोकतान्त्रिक गणतन्त्र र नेपाली इतिहासका तमाम प्रगतिशिल आन्दोलनहरु र क्रान्तिकारी संघर्षहरुको सापेक्षित पूर्णता हासिल गर्नु पर्ने कार्यभार बोकेको गणतन्त्रको जगमा धोका, सम्झौता र पराजयको पट्यारलाग्दो बिरासत खडा भएको छ । इतिहासको अग्रगामी प्रवाहको ठिक बिपरित लोकतान्त्रिक गणतन्त्र चरम प्रतिक्रियावादमा पतन भएको छ र यसले महान् जनयुद्ध एवम् दोस्रो जनआन्दोलनको वलिदानमाथि भयंकर ठुलो कुठाराघात गरेको छ । यो जनता र राष्ट्रको हित बिरुद्ध उभिएको छ र साम्राज्यवादको नोकर बन्न पुगेको छ । यसले थोपरेको जनघात र राष्ट्रघातको दुश्परिणाम स्वरुप अति दक्षिणपन्थी र घोर प्रतिगामी दृष्टिकोणलाई समेत मलजल गरेको छ ।
लोकतान्त्रिक गणतन्त्रका नाममा भइरहेको जनघात र राष्ट्रघात अब कुनै पनि श्रमजिवी, प्रगतिशील, सर्वहारा, देशभक्त एवम् क्रान्तिकारी व्यक्ति र शक्तिका लागि सैह्य हुन सक्दैन । यो स्थितिमा न त ‘लोकतन्त्रको विकल्प लोकतन्त्र’ भन्ने यथास्थितिवादी नारा जनहितको पक्षमा रहेको छ न त ‘अवस्था बदल्ने’ वा ‘आर्थिक क्रान्ति’ गर्ने लगायतका विविध रंगका सुधारवादी र अर्थवादी नाराहरु नै जनहित र अग्रगमनको पक्षमा हुनु सम्भव छ । बरु, ती सबै नाराहरु प्रकारान्तरले यथास्थिति र प्रतिगमनका नयाँ रक्षाकवच हुन् पुगेका छन र जान वा अन्जान रुपमा साम्राज्यवादको षड्यन्त्र एवम् पश्चगमनको जालझेलमा रुमलिन पुगेका छन् ।
नेपाली जनता समक्ष हाम्रो पार्टी अपिल गर्दछ कि सच्चा लोकतन्त्र या उन्नत लोकतन्त्र भनेको केवल वैज्ञानिक समाजवादी सत्ता हो । पार्टीले वैज्ञानिक समाजवादको तात्कालिक कार्यक्रम स्वरुप : प्रत्येक नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकार सहित कृषि, उद्योग र आवासका लागि निःशुल्क जमिनको नीति लागु गर्नु, शिक्षा र स्वास्थ्यमा निजिकरणको पूर्ण अन्त्य गर्नु, कृषि र उद्योगको सन्तुलित एवम् एकीकृत विकास अन्तर्गत कृषिजन्य वस्तुहरुको राज्यद्वारा खरीद बिक्रि गर्नु, सरकारी उद्योगहरुको नेतृत्वमा आत्मनिर्भर अर्थतन्त्रको स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रणका लागि राज्यको विशिष्ट ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्र् िछानबिन गर्नु, वित्तीय शोषण अन्त्यका लागि निजी बैंक प्रणाली अन्त्य गर्नु र असमान सन्धी–सम्झौताहरुको खारेजी गर्नु आदि प्रस्तावहरु अघि सारेको छ ।
गणतन्त्रका नाममा लुटतन्त्रको संरक्षण देश र जनताको भविष्यमाथि गम्भीर सांघातिक हमला हो । हामी स्पष्ट गर्न चाहन्छौं कि प्रजातन्त्र या लोकतन्त्र भनेको निर्वाचनको नौटंकी मात्र होइन, वास्तविक प्रजातन्त्र भनेको प्रत्येक नागरिकका लागि गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता हो । व्यक्तिगत स्वतन्त्रताको भरपुर उपयोग सहित सामाजिक मूल्य र राष्ट्रिय हितको रक्षा हो । अत : हाम्रो पार्टी सम्पूर्ण नेपाली जनतालाई जनअधिकार र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्षको तयारीका लागि हार्दिक आव्हान गर्दछ । इतिहासका तमाम परिवर्तनहरुमा जीवनको कुर्वानी गर्ने महान् शहिदहरुको सपनाप्रति प्रतिबद्धता व्यक्त गर्दै उक्त सपनालाई एक स्वाधीन राष्ट्रको निर्माण तथा समृद्ध र समतामूलक समाजको निर्माणमा बदल्न दृढ संकल्प व्यक्त गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
१५ जेठ, २०८२



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया