
१जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
२विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
३एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
४नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
५कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
६बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
७मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
८नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१०नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
१२नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
९बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
जेष्ठ ८, काठमाडौं । नेकपा (बहुमत)ले भारतीय माओवादीका महासचिव कमरेड बसवराजुको भारतीय नरेन्द्र मोदीको सरकारले गरेको हत्याले आफ्नो पार्टी मर्माहत बनाएको जनाएको छ । नेकपा (बहुमत)ले प्रेस वक्तव्य जारी गर्दै यस्तो जनाएको हो ।
बहुमतको वक्तव्यमा भारतका गृहमन्त्री अमित शाहद्वारा २१ मे का दिन सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक गरिएको जानकारी अनुसार उक्त घटना कुनै मुठभेड नभइ योजनाबद्ध हत्या गरिएको पुष्टि हुने बताइएको छ ।
वक्तव्यमा भाजपाको सरकार र भारतीय सत्ताले श्रमजीवी जनता, जात व्यवस्था, लिङ्गको आधारमा शोषण, दमन र उत्पीडन गर्दै आएकोले त्यसका विरुद्ध विभिन्न समयमा भाकपा (माओवादी)ले जनयुद्ध गर्दै आएकोले सो जनयुद्धलाई दबाउन भारतको अतिहिन्दूवादी मोदी सरकारले भाकपा माओवादीका नेता–कार्यकर्ताको हत्या गर्दै आएको बताएको छ ।
जेष्ठ ८ गते भारतको छत्तिसगढमा भाकपा माओवादीका महासचिव कमरेड बसवराजुसहित २७ जनाको मोदी सरकारले गिरफ्तार गरी हत्या गरेको सार्वजनिक भएको थियो । सो घटनाको व्यापकरुपमा विरोध हुँदै आएको छ ।
यस्तो नेकपा (बहुमत) जारी गरेको प्रेस वक्तव्य :
भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव कमरेड बसवराजुसहित २७ जना कमरेडहरुको अतिहिन्दूवादी भारतीय जनता पार्टीको नेतृत्वमा भएको सरकारले हत्या गरेको समाचारले सिंगो पार्टी पंक्ति मर्माहत भएको छ । भारतीय सरकारका गृहमन्त्री अमित शाहद्वारा २१ मे का दिन उनको एक्स मार्फत् सार्वजनिक गरिएको जानकारी अनुसार उक्त घटना कुनै मुठभेट नभएर योजनाबद्ध हत्या गरिएको पुष्टि हुन्छ । अहिलेसम्म कुनै पनि भारतीय सरकार पक्षधर र इतर सञ्चार माध्यमहरुले भीडन्तका श्रब्य दृश्यहरु प्रसारण गरेका छैनन् ।
भाजपा सरकार र भारतीय सत्ताले श्रमजीवी जनता, जात व्यवस्था, लिङ्गको आधारमा शोषण, दमन र उत्पीडन गर्दै आएको छ । यी सबैखाले शोषण, दमन र उत्पीडनका विरुद्ध विभिन्न समयमा भाकपा (माओवादी)ले दीर्घकालीन जनयुद्ध गर्दै आएको थियो । चारु मजुमदारको नेतृत्वमा सञ्चालित बसन्तको गर्जनका क्रममा मजुमदारलाई गिरफ्तार गरी यातना दिइ हत्या गरिएको थियो । त्यसको केही समयपछि नै भारतमा भाकपा (माले) र भाकपा (माओवादी कम्युनिष्ट सेन्टर)ले अलग अलग जनयुद्ध गरेका थिए । २००४ मा ती दुई पार्टी बिच एकता भएर भाकपा (माओवादी) बनेको थियो । उक्त पार्टीका पछिल्ला महासचिव बसवराजु लगायतका कमरेडहरुको गरिएको हत्याप्रति हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ । साथै भाकपा (माओवादी) र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा भएको गम्भीर क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै उच्च सहादत प्राप्त गर्ने कमरेडहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ ।
नक्सलबाडी संघर्षमाथि भएको भीषण दमन पछि लगभग ५० वर्ष अघि नयाँ शिराबाट शुरु भएको भारतीय जनयुद्धका मुख्य नेतृत्वसहित अन्य कमरेडहरुको हत्याले वर्तमान विश्वमा चलेको दियो रुपी क्रान्ति एक पटक पुनः मलिन हुन पुगेको छ । यसले क्रान्तिकारीहरुले धक्का महसुस गरेका छन् । यसको परिपूर्ति छिट्टै नै हुनेछ ।
क्रान्तिकारी अभिवादन सहित !
८ जेठ, २०८२
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया