
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं,
बिगतदेखि नैे जातीय भेदभाव, छुवाछुत र उत्पीडन विरुद्ध संघर्षरत एकीकृत दलित मुक्ति मोर्चा नेपालले सम्पूर्ण दलित तथा उत्पीडित समुदायप्रति शुभकामना व्यक्त गर्दै सामाजिक न्याय र समानताको पक्षमा ऐक्यबद्धतासहित शुभकामनाा सन्देश जारी गरेको छ ।
मोर्चाका संयोजक कृष्ण सेवाद्वारा जारी शुभकामना सन्देशमा विगतदेखि नै दलित समुदायमाथि सामाजिक अपराधका रूपमा व्याप्त विभेद अझै पनि अन्त्य हुन नसकेको उल्लेख गरिएको छ । यद्यपि संविधान, कानुन र प्रशासन दलितमैत्री देखिए पनि व्यवहारिक रुपमा दलित समुदायको पहुँच र प्रतिनिधित्व सिमित नै रहेको बताइएको छ ।
शुभकामनामा भनिएको छ, “अहिलेसम्म पनि जातकै आधारमा हत्या, हिंसा, उत्पीडन, बहिष्कार जस्ता घटनाहरू भइरहेका छन् । कतिपय परिवार घरवारविहीन तथा विभिन्न किसिमका यातना र हैरानी व्यहोरिरहेका छन् ।
मोर्चाले सबै उत्पीडित वर्गलाई जातीय विभेद र छुवाछुतविरुद्ध एकताबद्ध भई आवाज उठाउन आग्रह गर्दै सामाजिक संरचना परिवर्तनका लागि दलित समुदाय स्वयं अग्रसर हुनुपर्नेमा जोड दिएको छ । साथै, दलितमाथिको विभेद, छुवाछुत, हिंसा र उत्पीडन विरुद्ध एकजुट भई समाज रूपान्तरण गर्न सकिने उल्लेख गरिएको छ ।
साथै मोर्चाले जातीय समस्या केवल कानुन वा संविधानको विषय नभई सामाजिक व्यवहार र संरचनामा रहेको गहिरो जरो भएको बताउँदै, त्यसलाई निर्मूल पार्न निरन्तर संघर्ष आवश्यक रहेको स्पष्ट पारेको छ । त्यसको लागि सम्पूर्ण दलित तथा उत्पीडित समुदायलाई सामाजिक न्यायको पक्षमा अझ सशक्त रूपमा अघि बढ्न समेत आह्वान गरेको छ ।
प्रतिक्रिया