काठमाडौं,
बिगतदेखि नैे जातीय भेदभाव, छुवाछुत र उत्पीडन विरुद्ध संघर्षरत एकीकृत दलित मुक्ति मोर्चा नेपालले सम्पूर्ण दलित तथा उत्पीडित समुदायप्रति शुभकामना व्यक्त गर्दै सामाजिक न्याय र समानताको पक्षमा ऐक्यबद्धतासहित शुभकामनाा सन्देश जारी गरेको छ ।
मोर्चाका संयोजक कृष्ण सेवाद्वारा जारी शुभकामना सन्देशमा विगतदेखि नै दलित समुदायमाथि सामाजिक अपराधका रूपमा व्याप्त विभेद अझै पनि अन्त्य हुन नसकेको उल्लेख गरिएको छ । यद्यपि संविधान, कानुन र प्रशासन दलितमैत्री देखिए पनि व्यवहारिक रुपमा दलित समुदायको पहुँच र प्रतिनिधित्व सिमित नै रहेको बताइएको छ ।
शुभकामनामा भनिएको छ, “अहिलेसम्म पनि जातकै आधारमा हत्या, हिंसा, उत्पीडन, बहिष्कार जस्ता घटनाहरू भइरहेका छन् । कतिपय परिवार घरवारविहीन तथा विभिन्न किसिमका यातना र हैरानी व्यहोरिरहेका छन् ।
मोर्चाले सबै उत्पीडित वर्गलाई जातीय विभेद र छुवाछुतविरुद्ध एकताबद्ध भई आवाज उठाउन आग्रह गर्दै सामाजिक संरचना परिवर्तनका लागि दलित समुदाय स्वयं अग्रसर हुनुपर्नेमा जोड दिएको छ । साथै, दलितमाथिको विभेद, छुवाछुत, हिंसा र उत्पीडन विरुद्ध एकजुट भई समाज रूपान्तरण गर्न सकिने उल्लेख गरिएको छ ।
साथै मोर्चाले जातीय समस्या केवल कानुन वा संविधानको विषय नभई सामाजिक व्यवहार र संरचनामा रहेको गहिरो जरो भएको बताउँदै, त्यसलाई निर्मूल पार्न निरन्तर संघर्ष आवश्यक रहेको स्पष्ट पारेको छ । त्यसको लागि सम्पूर्ण दलित तथा उत्पीडित समुदायलाई सामाजिक न्यायको पक्षमा अझ सशक्त रूपमा अघि बढ्न समेत आह्वान गरेको छ ।
प्रतिक्रिया