
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी वायुसेना अड्डामा युक्रेनले गरेको ड्रोन आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएका छन् । यसपालिको रुसविरुद्धको युक्रेनले गरेको हवाई हमला अमेरिकाको नभइ युरोपियन देशहरुको सहयोगमा गरेको अनुमान गरिएको छ ।
रूसी राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले भने, “राष्ट्रपति पुटिनले हालै वायुसेना अड्डामा भएको आक्रमणको प्रतिक्रिया दिनैपर्छ भन्नेमा ठूलो जोड दिएका छन् ।”
तर, यसबारेमा टिप्पणी गर्न अनुरोध गर्दा रूसी अधिकारीहरूले यसलाई पुष्टि गर्न अस्वीकार गरेका छन् । यसअघि मस्कोले युक्रेनको आक्रमणको प्रतिक्रियाका लागि विभिन्न सैन्य विकल्पहरू छलफलमा रहेको बताएको थियो ।
एक घण्टाभन्दा बढी समयसम्म चलेको ट्रम्प–पुटिनको टेलिफोन वार्ताले रूस र युक्रेनबीच तत्काल शान्ति स्थापना नहुने उनीहरूले सामाजिक संजालमा बताएका छन् ।
रूसी सरकारनियन्त्रित समाचार एजेन्सी आरआईए नोभोस्तीले पुटिनले युक्रेनले वार्तालाई बिथोल्ने प्रयास गरेको र युक्रेन सरकार एक आतंकवादी संगठनमा परिणत भएको ट्रम्पलाई बताएको उल्लेख गरेको छ ।
एजेन्सीले दुवै नेताहरूले दुई देशहरूबीच सहयोग पुनस्थापनाको सम्भावनाहरूमा विचार आदान–प्रदान गरेको बताएको छ ।
युक्रेनले १ जुनमा परमाणु क्षमतायुक्त लामो दूरीका रूसी बमवर्षक विमानहरूलाई लक्ष्य बनाएर रूसी वायुसेना अड्डामा लुकीछिपी ड्रोन आक्रमण गरेपछि यी दुई नेताहरूबीच भएको पहिलो वार्ता हो ।
रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार, ट्रम्पले पुटिनलाई फोनमा अमेरिकालाई यो आक्रमणको बारेमा अग्रिम सूचना नदिइएको बताएका थिए ।
गत हप्ता ट्रम्पले शान्ति सम्झौताका लागि पुटिनलाई दुई हप्ताको म्याद दिएका थिए । तर, पुटिनले युक्रेनमा शान्ति प्रयासहरूमा अनिच्छा देखाए । त्यसको प्रतिक्रियामा अमेरिकाले रूसप्रति आफ्नो नीति परिवर्तन गर्ने धम्की दिएको बताइएको थियो ।
यसअघि, रूसले युक्रेनका सहरहरूमा ड्रोन र मिसाइल आक्रमण गरी दर्जनौँ नागरिकहरू हताहत भएपछि २६ मेमा ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई ‘पूर्णरूपमा पागल भएको’ र ‘आगोसँग खेलिरहेको’ टिप्पणी गरेका थिए । तर, बुधबार सामाजिक संजालमा ट्रम्पले कुनै अल्टिमेटम वा आफ्ना अघिल्ला टिप्पणीबारे उल्लेख गरेनन् । एजेन्सी ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया