
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । बेलायतले इजरायलका दुईजना मन्त्रीमाथि बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको छ । कब्जामा रहेको वेस्ट बैंकमा प्यालिस्टिनी समुदायमाथि पटक–पटक हिंसा भड्काएको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाइएको बेलायतले जनाएको छ ।
यसका साथै ती मन्त्रीहरूको सबै सम्पत्ति पनि जफत गरिने बेलायतले जनाएको छ । बेलायतका साथै ती मन्त्रीहरूमाथि अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र नर्वेमा पनि प्रतिबन्ध लगाइएको छ ।
बेलायतका विदेश मन्त्री डेबिड लेमीले इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्वीर र वित्तमन्त्री बेजालेल स्मट्रिचलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाइने बताए । यसका साथै बेलायतमा रहेका उनीहरूको सबै सम्पत्ति जफत गरिने पनि उनको भनाइ छ । लेमीले उनीहरूले चरमपन्थी हिंसा भड्काउनुका साथै प्यालिस्टिनीहरूको मानवअधिकारको गम्भिर हननका लागि उक्साएको आरोप लगाए ।
इजरेल सन् १९४८ मा बेलायतको अगुवाईमा बनाइएको देश हो । जहाँ मुस्लिमहरुलाई लखेटेर दोस्रो विश्वयुद्धमा भागेर आएका यहुदीहरुलाई बसालेर इजरेल नामक देश बनाइएको थियो । त्यसबेलादेखि बेलायत र अमेरिकाको सहयोगमा पटक पटक गरी करिव ७ लाख पेलेष्टिनीहरुको हत्या गरी कयौंलाई विस्थापित गरेको बताइन्छ ।
यसको विरोधमा एकवर्ष अघि गाजाका लडाकूहरुले इजरेलमाथि धावा बोलेका थिए । त्यसपछि सुरु भएको लडाइँमा इजरेलले लगभग एक लाख पेलेष्टिनीहरुको हत्या गरिसकेको छ । गाजामा नरसंहार मच्चाउन थालेपछि इजरेली कदमको निन्दा हुँदै आएको छ । पछिल्लोचरणमा नरसंहारको उत्कर्ष देखिइरहँदा इजरेलको जन्मदाता अमेरिका र बेलायत पनि इजरेली शासकहरुको विरोध गरिरहेका छन् । यसकै निरन्तरतामा बेलायतले इजरेली मन्त्रीहरुलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
यसबारे इजरायलले पनि प्रतिक्रिया दिएको छ । इजरायलले यसलाई अपमानजनक र निर्वाचित प्रतिनिधि तथा सरकारका सदस्यहरूमाथि यस प्रकारको प्रतिबन्ध लगाइनु दुर्भाग्यपूर्ण भएको बताएको छ । इजरेलले यतिसम्मको मानवीय अपराध गरेको छ कि गाजामा भोक र प्यासले छट्पटाइरहेका पेलेष्टिनीहरुलाई सहायताकर्मीहरुले दिने अन्न र खानापनि पठाउन दिएको छैन ।
केही दिनअघि भने चीनले दिने खाद्यान्न इजरेलले गाजामा लान नदिएको समाचार आएकोमा चीनले इजरेली शासकलाई धम्की नै दिएर खाद्यान्न गाजामा पठाएको समाचार आएको थियो ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया