
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
तेहरान । इरानले इजरायलमाथि ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । यो हमला तेहरानका आणविक स्थलहरू र सैनिक नेताहरूमाथि इजरायली आक्रमणको प्रतिशोधमा गरिएको हो ।
शुक्रबार राति तेलअभिभ र जेरुसलेममा विस्फोटको आवाजहरू सुनिएको थियो र इजरायलभरि साइरन बजाइएको थियो । इरानले यस अपरेशनलाई ‘ट्रु प्रमिस ३’ नाम दिएको छ ।
इजरायलले शुक्रबार बिहानै इरानका वरिष्ठ वैज्ञानिकहरू, सैन्य कमाण्डरहरू र आणविक सुविधाहरूलाई लक्षित गरी हमला गरेको थियो । इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको सुरुआत’ गरेको बताउँदै ‘हिट एण्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिए ।
हालैका आक्रमणहरूमा इजरायलमा कम्तीमा ४० जना घाइते भएका छन् । उनीहरूलाई इजरायलका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । तेलअभिभको इचिलोभ अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । पेताह टिक्वाको बेलिन्सन अस्पतालमा ७ जनालाई भर्ना गरिएको छ, जसमा एक जना गम्भीर अवस्थामा छन् ।
रामत गानको शेबा अस्पतालमा १५ जना उपचारमा छन्, तीमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूमा केहीलाई छर्राबाट चोट लागेको छ, केहीलाई धुवाँका कारण सास फेर्न गाह्रो भएको छ र केही मानसिक आघातमा परेका छन् ।
इजरायली सेनाका प्रवक्ता अविचाय अड्रायीले बताएअनुसार इरानले दुई चरणमा करिब १०० वटा मिसाइल प्रक्षेपण गरेको थियो । अधिकांश मिसाइलहरू अवरोध गरिएको वा लक्षित ठाउँसम्म नपुगेको उनले बताए ।
उनका अनुसार, ‘केही भवनहरूमा क्षति पुगेको छ, तीमध्ये धेरैजसो अवरोध गर्दा छुटेका छर्राले क्षति र्पुयाएका हुन् ।’ तस्बिरहरुमा केही भवनहरूमा गम्भीर क्षति पुगेको देखिएको बीबीसी र अलजजिराले समाचार लेखेका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया