
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । दूतावासले आइतबार (असार १)मा एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन भनेको छ ।
“आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ,” दूतावासले भनेको छ ।
गएको बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो । त्यसपछि यी दुई देश लगातार आक्रमण तथा प्रत्याक्रमणमा उत्रिएका छन् । तनाव बढ्दै जाँदा दुवै देशमा ठूलो जनधनको क्षति भएको छ ।
जारी युद्धमा इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको नेपाली दूतावासले जनाएको छ । यो स्थितिमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका निम्ति लगातार अध्यावधिक निर्देशन जारी गरिएको पनि दूतावासले जनाएको छ ।
त्यहाँ शैक्षिक संघसंस्थासहित अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभारभेला नगर्न समेत निर्देशन जारी गरिएको छ । दूतावासले स्थानीय सुरक्षा ‘प्रोटोकल’को पालना गर्न पनि आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, हाल इजरायलमा पाँच हजार ५०० र इरानमा १२ देखि १५ जनासम्म नेपाली नागरिक छन् ।
इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२५३५३६०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२५४५५८२०७७ मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
प्रतिक्रिया