
१मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
२रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
३ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
९हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१२युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
५नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
६गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
७भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
८युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
११आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
१२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
तेहरान । इरानले इजराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ । गएराति इरानले उत्तरी इजराइलको हाइफा बेमा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो । इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ ।
इरानी हमलाबाट त्यसक्षेत्र आगोको लप्काले ढाकिएको भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । न्युयोर्क टाइम्सले तस्बिर र फोटो भेरिफाइ गरिएको बताएको छ । आगलागी भएपछि मानिसहरू त्यहाँ अड्किएका थिए । बिहान ढिलासम्म पनि उनीहरूको उद्धार र आगो नियन्त्रणमा इजराइली अधिकारीहरू खटिएका थिए ।
इरान र इजराइलले चार दिनदेखि एकअर्कामाथि आक्रमण गरिरहेका छन् । गएराति इजराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ । आक्रमणमा परी २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र नागरिक गरी २२० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार २०० जनाभन्दा बढी घाइते भएका छन् ।
इजराइलको आपतकालीन सेवाले गएराति इरानले इजराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ । तेल अभिभलगायतका क्षेत्रमा धेरै भवनहरुमा क्षति पुगेको र अहिलेसम्म कम्तिमा १४ जना मारिएको बताइएको छ ।
तेल अभिभबाट दक्षिणमा रहेको तटीय सहर बातयाममा शनिबार राति ठूलाठूला भवनहरु ध्वस्त भएका छन् । त्यहाँ रहेका ६० भन्दा बढी भवनहरू क्षतिग्रस्त भएको बताइएको छ ।
जवाफमा इजराइलले इस्लामिक रिभोलुसनरी गार्ड कोरको सैन्य संरचना कुदर्स फोर्सको कमान्ड सेन्टरमै लक्ष्य गरेर हमला गरेको जनाएको छ । तेहरानमा रहेको कमान्ड सेन्टरमा केही क्षति भएको बताइएको छ ।
युरोपेली र मध्यपूर्वका देशहरूले दुवैलाई आक्रमण रोक्न आग्रह गरेका छन् । आक्रमण जारी रहे यसले क्षेत्रीय तनाव फैलाउने र अन्य देशहरू पनि संलग्न हुनसक्ने खतरा निम्त्याउने विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार सम्बन्धी वार्तामा आउन अनुरोध गरिरहेका छन् ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
५नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
प्रतिक्रिया