काठमाडौं । चिनियाँ अध्ययन टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक प्रतिवेदन निकालेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्षलाई पुग्ने ग्याँसको भण्डार रहेको पत्ता लगाएको हो ।
चिनियाँ विज्ञ टोलीको प्रारम्भिक प्रतिवेदनमा चार हजार मिटरसम्म खनेर हेर्दा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पाइएको हो । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि जलजले क्षेत्रमा ड्रिलिङ (जमिन खन्ने काम) गरी अध्ययन थालेका थिए ।
गन्ध आउने र आगो बल्ने गरेको आधारमा पहिलेदेखि नै दैलेखमा प्राकृतिक ग्यास रहेको अनुमान गरिए पनि यसको अध्ययन भने हुन सकेको थिएन् । काठमाडौं उपत्यकामा पनि यस्तो ग्यास रहेको अनुमान गरिन्छ । इनार खन्दा तथा ड्रिलिङ गर्दा यहाँ पनि पटक पटक आगो बल्ने गरेका छ ।
उद्योगमन्त्री दामोदर भण्डारीले मिडियाहरुलाई बताएअनुसार दैलेखमा मिथेन ग्यासको भण्डार रहेको कुरा चिनियाँ टोलीको अध्ययनले देखाएको छ । यस्तो ग्यास खाना पकाउन लागि मात्रै नभएर गाडी चलाउन समेत प्रयोग हुन्छ । अध्ययनको विस्तृत प्रतिवेदन आएपछि यसको उत्खननको संभावना र लागत थाहा हुने सरकारी पक्षको भनाई छ ।
प्रतिक्रिया