काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरको दरबारमार्ग स्थित होटेल डेला अन्नपूर्णको नाममा रहेको जग्गा भाडामा लगाएको भन्दै त्यसो नगर्न होटेल प्रशासनको ध्यानाकर्षण गराएको छ ।
सो पार्टीका नेताहरुको एक समूहले आज होटेल अन्नपूर्ण होटेलका कार्यवाहक इन्चार्ज निश्चल थापालाई एक पत्र बुझाउँदै यस्तो ध्यानाकर्षण गराएका हुन् । सम्पूर्ण जमिनमा हदबन्दी लाग्ने प्रावधान भए अनुसार भाडामा, बिक्रि, बैंक धितो राख्न नमिल्ने प्रावधान हुँदाहुँदै गैरकानुनी रुपमा भाडामा लगाइएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ ।
आज बुझाइएको पत्रमा भनिएको छ,‘काठमाडौं महानगर पालिका वडा नं १ दरबारमार्ग स्थित होटेल डेला अन्नपूर्ण प्रलिको नाममा ज.ध दर्ता स्रेस्ता कायम रहेको कि.नं ६१५ र १५५५ गरि कुल ४१९०९०९(१ रोपनी रहेकोमा ११९०९०९१ जमिन हदबन्दी भन्दा बढी रहेको हुनाले सम्पूर्ण जमिनमा हदबन्दी लाग्ने प्रावधान भए अनुसार भाडामा, बिक्रि, बैंक धितो राख्न नमिल्ने प्रावधान हुँदाहुँदै गैरकानुनी रुपमा भाडामा लगाइएको छ । काठमाडौं महानगर पालिकाको सूचना अनुसार महानगरपालिकाबाट उक्त होटेल निर्माणको अनुमति बिना काम कार्य सञ्चालन भइरहेको हुँदा आवश्यक नियमन र प्रक्रिया पूरा नहुँदासम्म तत्काल सञ्चालन भइरहेको कार्यलाई रोक्न हाम्रो पार्टी अनुरोध गर्दछ ।’
प्रतिक्रिया