News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

त्रिदेशीय टी-२०आई शृंखला : आज नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दैछन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुँदैछ ।

हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा २ पटक मात्र खेलेको छ जहाँ १ जित र १ हारको नतिजा छ । टी-२०आईमा भने मङ्गलबारको खेल नै पहिलो थियो जहाँ नेपाल विजयी भएको थियो ।

यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो ।

प्रतिक्रिया