
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । इरानले हमला गर्ने डरले अमेरिकाले कतारमा रहेका आफ्ना ४० वटा सैन्य विमान त्यहाँबाट हटाएको छ । इजरेली हमलापछि इरानले इजरायलमा मिसाइल आक्रमण गर्न थालेपछि अमेरिका अहिले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूको सुरक्षालाई लिएर त्रासमा रहेको छ । इजरेललाई जोगाउन इरानलाई बमले उडाइदिने धम्की दिइरहेको अमेरिका आफै कतारबाट भागेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार विगत दुई हप्तामा कतारको प्रमुख अमेरिकी एयरबेसबाट करिब ४० अमेरिकी सैन्य विमान बेपत्ता भएका छन् ।
सम्भवतः यी सैन्य विमानहरु इरानी आक्रमणबाट बचाउन हटाइएको हुनसक्ने जनाइएको छ । जुन ५ र जुन १९ को बीचमा लिइएको प्लानेट ल्याब्स पीबीसीबाट स्याटेलाइट तस्बिरहरूले एक समय प्याक गरिएको मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी एयरबेस लगभग पूर्णरूपमा खाली भएको छ ।
जुन ५ मा कतारको अल उदेद एयरबेसमा सी–१३० हर्कुलस ट्रान्सपोर्ट प्लेन र अत्याधुनिक जासुसी जेटसहित ४० वटा विमान खुलारूपमा पार्किङ गरिएको थियो ।
जुन १९ को स्याटेलाइट तस्बिरहरूले तीन वटा मात्र जेट विमान बाँकी रहेको देख्न सकिन्छ । कतारमा रहेको अमेरिकी दूतावासले बिहीबार बेसमा पहुँच धेरै सावधानी र जारी क्षेत्रीय शत्रुतालाई ध्यानमा राखेर सीमित हुने घोषणा गरेको छ । यसका साथै बेसक्याम्पका कर्मचारीलाई पनि थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।
इजरायलले इरानमाति हमला गरेको एक हप्ता बितिसक्दा पनि अमेरिका यसमा सामेल भएको छैन । इरानमाथि हमला गर्ने योजनामा सही गरेका ट्रम्पले अन्तिम निर्णय गर्न फेरि २ हप्ताको समयसीमा सारेका छन् ।
कम्तिमा २७ सैन्य इन्धन भर्ने विमान केसी ४६ ए पेगासस र केसी–१३५ स्ट्राटोट्याङ्कर विमानले ९ जुन १५ र १८ का बीचमा अमेरिकाबाट युरोपको यात्रा गरेको विमान ट्र्याकिङ डेटाको एएफपी विश्लेषणले देखाउँछ । अमेरिकी सेनाका पूर्वलेफ्टिनेन्ट जनरल र रान्ड कर्पोरेशनका रक्षा अनुसन्धानकर्ता मार्क श्वाट्र्जले एएफपीलाई भने कि इरानसँग नजिक भएका कारण अलउदेदमा रहेका हाम्रा विमान अत्यन्तै असुरक्षित हुनेछन् ।
इजरायल र इरानबीचको युद्धका बीच मध्यपूर्वमा अमेरिकी सेना उच्च सतर्कतामा छ । हाल सम्पूर्ण क्षेत्रमा करिब ४० हजार सैनिक तैनाथ छन् । जहाँ सामान्यतः यहाँ ३० हजारको संख्यामा तैनाथ हुन्छ । इजरायल र इरानबीचको तनाव र लालसागरमा जहाजहरूमा हुथी विद्रोहीको आक्रमणका बीच अक्टोबरमा त्यो संख्या बढेर ४३ हजार पुगेको थियो ।
यता ट्रम्पले इरानमाथि हमला गर्ने कागजमा हस्ताक्षर गरेको केही समयमै रुस र चीनले अमेरिकालाई धम्की दिएका छन् । रुस र चीन व्यापारी र इरानका सैन्य साझेदार देशहरु हुन् ।
एकातिर रुस र चीनको धम्कीपछि ट्रम्प इरानमा बम हान्नबाट पछि हटेको अनुमान गरिएको छ भने अर्कोतिर इरानसित नजितिने युद्धमा फसेर अमेरिकाको अर्थतन्त्र झन डामाडोल हुनसक्ने खतराको आँकलन गरेर ट्रम्प पछि हटेको हुनसक्छ । ट्रम्प एउटै घटनामा विहान एउटा र बेलुका अर्कै बोली बोल्ने अस्थिर स्वभावका व्यापारी शासक हुन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया