
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडाैं । इरानका अन्तिम राजाका जेठा छोरा रेजा पह्लवी दशकौँदेखि निर्वासनमा छन् । आज उनी इरानको सत्तामा कुनै कमजोरी देखिए त्यसको फाइदा उठाउने ताकमा छन् । प्रायः उनी किनारामा रहे । सन् १९७९ मा कट्टर धार्मिक नेताहरूले इरानको सत्ता कब्जा गरेपछि अर्थात् इरानमा इस्लामिक गणतन्त्र स्थापना भएपछि त्यसविरुद्ध संगठित प्रतिरोध गर्न नसकेको र भरपर्दो पनि बन्न नसकेको भन्दै उनको आलोचना हुने गरेको थियो ।
तर, यतिबेला इजरायलले इरानमा बम हानेर युद्धको सुरुवात गरेपछि पह्लवीले अब भने आफ्नो समय आएको महसुस गरेका छन् । तर इरानी मिसाइलहरुले प्रतिरोध स्वरुप प्रतिहमला गर्न थालेपछि इजरेलीहरु चकित परेका छन् । इजरेली शासकहरु बंकरमा लुकेका छन् भने इजरेली जनताहरु इरानसित माफी मागिरहेका छन् ।
यहि समयमा पूर्वयुवराज पल्लवीले भने यत्तिका वर्षपछि पहिलोपटक परिवर्तनको अवसर देखिएको बताएका छन् ।
इजरायली आक्रमण सुरु हुनेबित्तिकै पल्लवीले इरानीहरूलाई सत्ताविरुद्ध विद्रोहको आह्वान गरे तर, अहिलेसम्म उनको आह्वानलाई कसैले सुनेको देखिँदैन ।
बरु इरानीहरूमा आफ्नो शासकप्रति रहेको वितृष्णा अस्तित्वको संकटले छोपिदिएको छ, उनीहरू इजरायलप्रति क्रुद्ध बनेका छन् । अर्कोतिर इरानमा संकट छ भनेर पश्चिमाहरुले फैलाएको हल्ला हो भन्ने विश्लेशकहरु पनि छन् । आजको इरानी इस्लामिक गणतन्त्र व्यापारी र सैन्य हिसावले रुस र चीन निकट छ भने हिजोका इरानी राजाहरु पश्चिमा कठपुतली थिए । आज सत्तामा जान चाहेका पूर्वयुवराज पल्लवी पनि पश्चिमा एजेन्ट नै हुन् ।
‘तपाईं सत्ता पक्षधर वा विरोधी जे भए पनि यतिबेला इरानमा इजरायल विरोधी भावना बलियो भएको छ,’ जोन्स हप्किन्स स्कुल अफ एड्भान्स्ड इन्टरनेसनल स्टडिजका प्राध्यपाक भाली नासिर भन्छन्, ‘थुप्रै नागरिक इस्लामिक शासन ढलोस् भन्ने चाहन्छन् तर इजरेली आक्रमणबाट उनीहरू खुसी छैनन् । आफ्नो जीवन नष्ट भएको हेर्न उनीहरू चाहँदैनन् । त्यसैले सत्ताविरुद्ध विद्रोहमा यतिबेला उनीहरूलाई चासो छैन । त्यो उनीहरूको मुद्दा होइन ।’
पह्लवीले सन् १९७८ मा १७ वर्षको उमेरमा इरान छाडेका थिए । अमेरिकामा पढ्न हिँडेका उनी त्यसयता इरान फर्केका छैनन् । अहिले इस्लामिक शासन ढलेमा देशको संक्रमणकालीन नेताका रूपमा उनले आफूलाई पेस गरेका छन् ।
तर, इरान मामिलाका जानकारहरू उनीप्रति सन्देह गर्छन् ।विश्लेषकहरूका अनुसार इरानमा उनका केही समर्थक छन् तर, तिनको संख्या ज्यादा नभएको उनीहरूको भनाइ छ । इरानी सत्ताविरुद्धका यसअघिका सडक आन्दोलन र सशस्त्र संघर्षहरू बहुसंख्यकको समर्थन पाउन सकेका छैनन् ।
‘अमेरिकी सेना नओराली क्रान्ति गर्न वा सत्ता पल्टाउन तपाईंसँग चमत्कारी व्यक्तित्व, संगठन र इरानभित्र तपाईंका लागि लड्ने मान्छे चाहिन्छ,’ लेखक मोहसिन मिलानी भन्छन्, ‘त्यो मैले देखेको छैन ।’
२०२३ मा इजरायल गएर पह्लवीले बेन्यामिन नेतन्याहुलाई भेटेका थिए । त्यसैले उनलाई देशद्रोहीका रूपमा हेरिने खतरा पनि रहेको विश्लेषकहरूको भनाइ छ ।
पह्लवी भने आफू नभई खामेनी चाहिँ देशद्रोही भएको आरोप लगाउँछन् । तर यतिबेला इजरेली आक्रमण विरुद्ध डटेर मिसाइल युद्ध लड्न सक्ने खामेनी देशद्रोही होइन बरु देशभक्त भएको विष्लेशण भइरहेको छ ।
अमेरिका र इजरायलको आक्रमणले इरान पराजित भयो र उनीहरूले पह्लवीलाई सत्तामा बसाउन चाहे भने पनि उनका लागि सहज नरहेको अमेरिकामा बस्ने इरानी प्राज्ञ मेहरजाद बोरोजर्दी बताउँछन् । ‘थुप्रैले उनलाई इजरायल र अमेरिकाको कठपुतली ठान्ने छन्,’ उनी भन्छन् । एजेन्सीको सहयोगमा ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया