
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । इरानले इजरेलले आफूविरुद्ध आक्रमण जारी रहेकै अवस्थामा अमेरिकासँग वार्ता नहुने अडान राखेको छ । युरोपेली र इरानी अधिकारीबीच शुक्रबार जेनेभामा भएको छलफलमा इरानी अधिकारीले यथास्थितिमै अमेरिकासँग आणविक हतियारबारे वार्ता नहुने बताएका हुन् ।
छलफलमा युरोपेली अधिकारीहरूले इरानलाई अमेरिकासँगको वार्ता पुनः सुरू गर्न सुझाव दिएका थिए । जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इजराइली आक्रमण जारी रहेसम्म वार्ता सुरू गर्न नसकिने जवाफ दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि इरान र अमेरिकी प्रतिनिधि बीच परमाणु वार्ता चलिरहेकै समयमा इजरेलले आक्रमण गरेर इरानी अधिकारी र वार्ताकारको हत्या गरेका थियो । त्यसपछि इरानले प्रत्याक्रमण थालेको हो ।
जेनेभामा बेलायत, फ्रान्स, जर्मनी र युरोपेली संघका विदेशमन्त्रीहरूले इरानी विदेशमन्त्रीसँग वार्ता गरेका थिए ।
‘यदी इजराइल तत्काल आक्रमण रोक्छ भने हामी आणविक हतियार सम्बन्धमा वार्ता गर्न सक्छौं । आक्रमण र वार्ता सँगै अघि बढ्दैन,’ इरानी विदेशमन्त्री अराघ्चीले भने ।
उनले इरानको आणविक कार्यक्रम हिंसाका लागि नभइ शान्तिका लागि भएको पनि बताए । उनले त्यस्तो कार्यक्रममाथि आक्रमण गरेर इजराइलले अन्तर्राष्ट्रिय कानुन तोडेको दाबी गरे । उनले इजराइलले आक्रमण सुरू गरेपछि इरानले आत्मरक्षा गरेको पनि दाबी गरे ।
यता इजराइली डिफेन्स फोर्सका प्रमुख इयाल जमिरले भिडिओ सन्देशमार्फत् इरानलाई लामो युद्ध र कठिन दिनहरूका लागि तयार हुन चेतावनी दिएका छन् । तर इरानले भने इजरेली मात्र होइन अमेरिकी आक्रमणको समेत डटेर सामना गर्ने चेतावनी दिएको छ ।
‘म यो कुरालाई पूर्णरूपमा स्पष्ट पार्न चाहन्छु कि इरानको रक्षा क्षमता कुनै पनि हालतमा सम्झौताको विषय होइन,’ जवाफमा इरानी विदेशमन्त्री अराघ्चीले भने । जेनेभामा युरोपेली नेताहरूसँग भएको इरानको वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । ट्रम्पलाई युरोपेलीहरु इरानसित मिलेभने आफू कमजोर भइने, विश्वजनमतबाट एक्लिइने र इरानमाथि गर्ने भनिएको आक्रमणको औचित्य सकिने डर छ ।
‘इरान युरोपसँग होइन, हामीसँग वार्ता गर्न चाहन्छ । युरोपले यो समस्या समाधान गर्न सक्दैन,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ । ट्रम्प एकातिर इरानसित वार्ताको नाटक गर्छन् र अर्कोतिर इजरेललाई इरानमाथि हमला गर्न लगाउँछन् ।
ट्रम्पले वार्ताबाट समस्या समाधानका लागि इरानलाई दुई साताको समय दिएका छन् । त्यसपछि अमेरिका आफै इरानविरूद्ध आक्रमण गर्ने संकेत ट्रम्पले गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजराइलले पनि इरानविरूद्धको आक्रमणमा प्रत्यक्ष संलग्न हुन भनेर अमेरिकासँग आग्रह गरिरहेको छ । किनभने इरानका आणविक कार्यक्रमहरू नष्ट बनाउने हतियार केवल अमेरिकासँग मात्रै छ ।
ट्रम्पले इरानले विनाशर्त आत्मसमर्पण गर्न इरानलाई चेतावनी पनि दिएका थिए । इरानले यसअघि वार्ताका लागि तयार भएको तर ट्रम्पले भनेजसरी विनासर्त आत्मसमर्पणको प्रस्ताव भने अस्वीकार गरेको थियो ।
त्यसपछि इजराइल र अमेरिका दुवैसँग राम्रो सम्बन्ध भएको युरोपेली नेताहरुले इरानसँग वार्ता अगाडि बढाएका थिए । बेलायतका विदेशमन्त्री डेभिड लामीले अमेरिकाले मध्यपूर्वको संकट समाधानका लागि दिएको छोटो समयको अवधि खतरनाक र गम्भीर रहेको बताएका छन् ।
त्यस्तै फ्रान्सका विदेशमन्त्री जिन नोएल बारोले सैन्य आक्रमणबाट इरानको आणविक समस्याको स्थायी समाधान नरहेको बताएका छन् । उनले इरानी सत्ता परिवर्तन थप खतरनाक हुने समेत बताएको बिबिसीले लेखेको छ ।
यसबीच इरान र इजराइल बीचको आक्रमण प्रत्याक्रमण श्रृंखला दोस्रो सातामा प्रवेश गरेको छ ।
गत साताको शुक्रबारदेखि इजराइलले इरानमाथि आक्रमण थालेको थियो । त्यसयता इरान र इजराइल दुवैले एक अर्काका सैन्य र भौतिक संरचनामा आक्रमण गरिरहेका छन् ।
इजराइलले शनिबार इरानमाथि नयाँ चरणको आक्रमण सुरू भएको उद्घोष गरेको छ । इजराइली सहर तेल अविभमा पनि विस्फोटका ठूला आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँका ठुल्ठूला भवनहरूमा आगलागी भएको भनिएको छ ।
प्रतिक्रिया