News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

बास्कोटाको ब्यङ्ग्य,‘भिजिट भिसामा संसदमा तमासा देखाउनेहरु देउवाकोमा किन धाइरहेका छन् ?’

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै भिजिट भिसा प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमान्न आग्रह गरेका छन् ।

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेको प्रसंगप्रति व्यंग्य गर्दै भिजिट भिषामा संसदमा पलेटी कसेर दिनदिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिँढीमा देऊ न मलाई बास, भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएको भनेका छन् ।
उनले भनेका छन्‌–
‘भिजिट भिसामा संसदमा पलेंटी कसेर दिनदिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिंढीमा देऊ न मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान् । यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौ है ।’

प्रतिक्रिया