
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कास्की । नेपाल पत्रकार महासङ्घले युट्युब लगायतका सामाजिक सञ्जालहरूलाई पत्रकारिताकै प्लेटफर्मको रूपमा स्वीकार गरेको छ ।
इन्टरनेटका माध्यममा भइरहेको पत्रकारिताको अभ्यासलाई पनि पेशागत पत्रकारिताको श्रेणीमा राखेर आवश्यक कानुनी मान्यता, नीति र नियमन प्रणालीको दायरामा ल्याउन महासङ्घले सरकारसँग माग गरेको छ ।
पोखरामा सम्पन्न महासङ्घको दुई दिने तेस्रो बैठकले इन्टरनेट र प्रविधिको तीव्र विकाससँगै सूचनाको प्रवाह शैलीमा आएको आमूल परिवर्तनलाई स्वीकार गर्दै डिजिटल माध्यमहरूमा भइरहेको पत्रकारितालाई राज्यद्वारा स्थापित मापदण्ड र संरचनाभित्र ल्याउनुपर्नेमा जोड दिएको हो ।
महासङ्घले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूलाई पत्रकारिता पेशाकै अङ्गका रूपमा परिभाषित गरी दर्ता, मान्यता, प्रशिक्षण, आचारसंहिता, श्रम अधिकार, र सामग्री नियमनका सवालमा स्पष्ट कानुनी व्यवस्था गर्न आग्रह गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
महासङ्घका केन्द्रीय सदस्य लवदेव ढुड्गानाले युट्युब लगायतका सामाजिक सञ्जालमा भइरहेको अनलाइन टिभी पत्रकारिता र एआईको प्रयोगलाई व्यवस्थित गर्नुपर्ने लिखित प्रस्ताव बैठकमा राखेका थिए ।
उनले आफ्नो प्रस्तावलाई केन्द्रीय समितिले अपनत्व लिएकोप्रति सन्तुष्टि जनाउँदै अनलाइन टिभी र एआईलाई व्यवस्थित तथा जिम्मेवार बनाउने कार्य तत्कालै गर्नुपर्ने खाँचो औँल्याए ।
महासङ्घको यस निर्णयलाई अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले पनि ऐतिहासिक र अग्रगामी निर्णयको संज्ञा दिए । उनले धेरै अगाडि गर्नुपर्ने निर्णय महासङ्घले अहिले गरेको भएपनि एकदमै खुसी लागेको बताउँदै अव कार्यान्वयन गराउने तर्फ केन्द्रित हुन आग्रह गरे ।
अनलाइन टिभीहरूलाई कानुनी मान्यता नदिँदा वरिष्ठ पत्रकार दिलभूषण पाठक जस्ता पत्रकारहरूलाई अनावश्यक झमेलामा पर्नु परेको उनको भनाई छ ।
महासङ्घको घोषणापत्रमा पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जीमा उच्च अदालतबाट रोक लगाइनु र नेपालखबर तथा बिजमाण्डु डटकममाथिको समाचार हटाउने आदेश खारेज हुनु अदालतको स्वागत योग्य कदम भएको उल्लेख गरिएको छ ।
सञ्चारमाध्यममाथिको अनावश्यक दबाब, पोष्ट डिलिटका निर्देशन, श्रमजीवी पत्रकारको पारिश्रमिक कटौती तथा अपमानजनक व्यवहारप्रति विरोध जनाउँदै महासङ्घले श्रमिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ ।
पत्रकार सुरेश रजकको हत्या र पत्रकारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महासङ्घले निष्पक्ष छानबिन र पत्रकार सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता तथा न्यूनतम पारिश्रमिकको कार्यान्वयन सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकलगायत मिडियासम्बन्धी कानुन सरोकारवालासँग गम्भीर छलफलबिना पारित गर्न नहुने ठहर गर्दै महासङ्घले प्रेस स्वतन्त्रता प्रतिकूल कुनै पनि कानुनी प्रावधान नल्याउन चेतावनी दिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया