
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । नेकपा (बहुमत)ले अमेरिकाले इरानमाथि गरेको हवाई हमलाको कडा शब्दमा विरोध गर्दै सो हमलालाई अन्तारष्ट्रिय कानुनको उल्लंघन र मानवताविरुद्धको अपराध भनेको छ । सो पार्टीका महासचिव कञ्चनले आज प्रेस वक्तव्य जारी गर्दै मध्यपूर्वमा शन्ति स्थापना गर्नुको सट्टा त्यहाँ सत्ता परिवर्तन गर्ने र कठपुतली सरकार स्थापना गर्दै प्राकृतिक साधनहरुको दोहन गर्ने नीति अपनाउँदै आएअनुसार अमेरिकी साम्राज्यवादले इरानमाथि सैनिक आक्रमण गरेको बताएका छन् ।
विज्ञप्तिमा इजरायली साम्राज्यवादले गाजामा गरेको मानवता बिरुद्धको अपराधमा अमेरिकी खुनी हातहरु पनि उत्तिकै जिम्मेवार रहेको महासचिव कञ्चनको वक्तव्यमा भनिएको छ । विज्ञप्तिमा तत्काल युद्ध रोकेर शान्ति स्थापना गर्न अमेरिकी डोनल्ड ट्रम्प प्रशासनलाई दबाब दिनुपर्नेमा वक्तव्यमा जोड दिइएको छ ।
साम्राज्यवादी र पुँजीवादी सत्ताहरुको नष्ट गर्दै समाजवादी सत्ताहरुको स्थापनाबाट मात्र साम्राज्यवादको अन्त्य गर्न सकिने भन्दै वक्तव्यमा त्यो दिशातिर सोच्न साम्राज्यवाद विरोधी शक्तिहरुलाई आग्रह गरिएको छ ।
यस्तो कञ्नको प्रेस वक्तव्य :
अमेरिकी साम्राज्यवादको ट्रम्प प्रसाशनले इरानमाथि सैनिक हमला गरेको छ । अमेरिका बिरुद्ध कुनै पनि सैन्य कारबाही नगरेको इरानमाथि हमला गर्नु अमेरिकी साम्राज्यवादको कायरता मात्र होइन, अन्तर्राष्ट्रिय कानुन र मानवता बिरुद्धको अपराध पनि हो ।
अमेरिकाले इजरेली राज्यबाट संचालित आतंकवादको संरक्षण र प्रवर्धन गर्दै आएको छ । इजरायली सत्ताले ६० हजार प्यालेस्टाइनीहरुको हत्या, लाखौं नागरिकको बिस्थापन मात्र गरेको छैन प्यालेस्टाइनी जनताको घरबास र गाजा शहर समेत ध्वस्त बनाएको छ । इजारायली साम्राज्यवादका यी मानवता बिरुद्धको अपराधमा अमेरिकी खुनी हातहरु पनि उत्तिकै जिम्मेवार छन् । मध्यपूर्वमा शन्ति स्थापना गर्नुको बदला त्यहाँ ‘रेजिम चेन्ज’ गर्ने र कठपुतली सरकार स्थापना गर्दै प्राकृतिक साधनहरुको दोहन गर्ने नीति अपनाउँदै आएको छ । यो साम्राज्यवादी नीति हो ।
हाम्रो पार्टी अमेरिकी साम्राज्यवादबाट इरानमाथि भएको सैनिक आक्रमणको घोर निन्दा एवम् भत्र्सना गर्दछ । युद्ध नैतिकता र मानवता बिरुद्धको यो युद्ध रोकेर शान्ति स्थापना गर्न अमेरीकी साम्राज्यवाद बिरोधी एवम् शान्तिका पक्षहरु सबैमा जोडदार अपिल गर्दछ । हामी दृढतापूर्वक भन्न चाहन्छौं कि युद्धको समूल अन्त्य साम्राज्यवादको अन्त्य हो, पुँजीवादको अन्त्य हो, प्रत्येक राष्ट्रहरुमा समाजवादी सत्ताको स्थापनाहुँदै विश्व साम्यवादको स्थापना हो ।
क्रान्तिकारी अभिवादन सहित !
८ असार, २०८२
कञ्चन
महासचिव



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया