
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । पछिल्लो समय इजरायल र इरानबिच द्वन्द्व चर्किँदै गएको छ । दुवै देशले एकअर्काका सैन्य स्थलहरूमा समेत आक्रमण गरिरहेका छन् । यसैबिच अमेरिकाले पनि गएराति इरानमा आक्रमण गरेपछि नेपालका राजनीतिक दलहरूले आपत्ति जनाएका छन् ।
आइतबार नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी लगायत दलहरूले संयुक्त वक्तव्य जारी गर्दै इरानमाथि भइरहेको आक्रमणप्रति विरोध जनाएका हुन् ।
संयुक्त वक्तव्यमा भनिएको छ,’अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ । त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गरेको छ । यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ । यो गम्भीर युद्ध अपराध हो । यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ । अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ ।’
साम्राज्यवादी विश्वयुद्ध र युद्धआतंकको विरोध गर्दै अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न माग समेत गरिएको छ । यस्तै विश्वशान्तिका लागि संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढङ्गले समस्याहरूको समाधान खोजिनुपर्ने जारी वक्तव्यमा उल्लेख छ ।
अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग जोडदार माग समेत गरिएको छ ।
प्रतिक्रिया