रुकुमपश्चिम । चट्याङ लागेर रुकुमपश्चिममा एक महिलाको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका– १० बर्नेटीकी ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस भएकी थिइन् ।
तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत्यु भएको घोषणा गरेको जनाइएको छ ।
प्रतिक्रिया