
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा अझैपनि आर्थिक मन्दीको खतरा टरेको छैन । अमेरिकाका ठूला आर्थिक सूचकांकहरुले अझैपनि मन्दीको संकेत दिईरहेका छन् ।
लिडिङ इकोनोमिक इन्डेक्स(एलआईई)मा मे महिनामा लगातार छैठौ महिना गिरावट आएको छ । यसमा पछिल्लो ३९ महिनामा ३७ पटकसम्म गिरावट आईसकेको छ ।
जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो अवधिको गिरावट हो । पछिल्लो ६ महिनामा ५ प्रतिशतको वार्षिक गिरावट आएको छ । जसले आर्थिक मन्दीको सम्भावनालाई संकेत गरेको जनाइएको छ ।
एलआईई आफ्नो उच्चतम स्तरबाट १६ प्रतिशतले घटिसकेको छ र यो ९ वर्षमा आफ्नो न्यूनतम स्तरमा पुगेको छ । इतिहास पल्टाएर हेर्ने हो भने सन् १०६० पश्चात प्रत्येकपटक मन्दीभन्दा अघि एलआईईमा लामो समयसम्म गिरावट आएको छ ।
त्यसैले योपटक पनि अमेरिकाको अर्थतन्त्र मन्दीतर्फ जानसक्ने आँकलन गरिएको छ । यदि अमेरिकाको अर्थतन्त्र मन्दीमा फस्यो भने यसको प्रभाव सम्पूर्ण विश्वमा पर्नेछ । प्राविधिक रुपमा लगातार दुई त्रैमासमा कुनैपनि देशको जीडीपीमा गिरावट आउछ भने त्यसलाई मन्दीमा गएको मानिन्छ ।
यसैबीच अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले हाललाई ब्याजदरमा कटौती हुने कुनै समभावना नभएको बताएका छन् । उनले नीति परिवर्तनको समय चलिरहेकाले यसको प्रभावबारे अहिलेनै केही भन्न नसकिने बताए । उनले यतिबेला ट्रम्पको ट्यारिफ नीतिको प्रभावको पर्खाईमा रहेको बताएका छन् ।
प्रतिक्रिया